भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई ‘जन्मकैद’

काठमाडौ, २७ फागुन(एजेन्सी) : दिल्लीको पटियाला हाउस कोर्टले पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई कोइला घोटालामा आरोपीको रूपमा नोटिश पठाएको छ । उनलाई हिंडाल्कोको कोइला खानी निर्धारणको घटनामा आरोपी बनाइएको छ । हिंडाल्कोका मालिक कुमार मंगलम बिड्ला र पूर्व कोयला सचिव पीसी पारेखलाई पनि आरोपी बनाइएको छ । मनमोहनमाथी जुन धारा लगाएर आरोपीको रूपमा मुद्धा चलाइएको छ त्यसमध्ये एक धारामा जन्मकैदको प्रावधान रहेको छ ।
सीबिआईद्धारा मनमोहन सिंहसँग शोधपुछ
यस घटनाका सम्बन्धमा केही दिन अघि सिबिआईले पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग सोधपुछ समेत गरिसकेको छ । बुधबार दिल्लीको पटियाला हाउस कोर्टले हिंडाल्कोको कोइला निर्धारण मुद्धामा मनमोहन सिंहलाई आरोपी बनाउन आदेश जारी गरेको छ ।
जुन समयमा यी कम्पनीहरूले कोइला खानीको निर्धारण गरिएको थियो, उक्त समयमा पूर्व प्रधानमन्त्री सिंहले कोइला मन्त्रालयको जिम्मा पनि सम्हालिरहेका थिए । निर्धारणमा घोटालाको तथ्य बाहिर आएपछि सर्वोच्च अदाललत कोइला निर्धारण रद्द गरेको थियो । केन्द्र सरकारले यी कोइला खानीहरूको बिड गर्न थालेको छ ।
सीबीआईद्धारा स्टेटस रिपोर्ट दर्ता
यस घटनामा गत वर्ष सीबीआईले क्लोजर रिपोर्ट पेश गरेको थियो । तर, अदालतले कोइला मन्त्रालयको जिम्मेबारी भएका कारण पूर्व प्रधानमन्त्री सिंहलाई यसको जानकारी हुनुपर्छ, यसकारण उनीसँग सोधपुछ गर्न आदेश दिएको थियो । यसपछि सीबीआईले मनमोहन सिंहसँग सोधपुछ गरेको थियो र त्यसपछि स्टेटस रिपोर्ट पेश गरेको थियो । स्टेटेस रिपोर्टको अध्ययन गरेपछि अदालतले मनमोहन सिंहलाई आरोपी बनाउन आदेश दिएको छ ।
अदालतले आपराधिक षड्यन्त्र, विश्वासघात र भ्रष्टाचार रोकथाम कानूनको प्रावधानअनुसार मनमोहनको साथ मंगलम बिड्ला र पारेखलाई आरोपी उल्लेख गरिएको छ । अदालतले घटनामा आरोपीहरूमा मोसर्स हिडाल्को, यसका अधिकारीहरू शुभेंदु अमिताभ र डी भट्टाचार्यलाई पनि उल्लेख गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget