साहरुखको अगाडि हिन्दी गितमा नाच्नु मेरो बाध्यता: प्रियंका

फागुन २६, काठमाडौ । नेपाली चलचित्रकी नायिका प्रियंका कार्कीले बलिउड नायक शाहरुख खान प्रमुख अतिथि रहेको कार्यक्रममा हिन्दी गीतमा नृत्य गर्नु  आफ्नो बाध्यता भएको जनाएकी छिन  ।

आज आफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले , कार्यक्रमको सम्पूर्ण लेआउट भारतबाटै आएका हुनाले आफुले नेपाली गीतमा नृत्य गर्न नसकेको पनि जनाएकी छिन् । उनले आफ्नो शुभ चिन्तकलाई फेस बुक मार्फत कार्यक्रमको आयोजक , कार्यक्रम संचालक देखि सम्र्पूण चिज भारतीय भएकाले आफ्नो कुरा सुन्ने कोही नभएको प्रस्ट पारेकी छिन् । बलिउडका नायक शाहरुख खानलाई आफ्नो प्रस्तुती देखाउन पाउनु यो सुनौले अबसर भएको पनि उनले उल्लेख गरेकी छिन् । उनले अगाडी लेखेकी छिन नृत्यमा कुनै भाषा हुदैन ।

६ घण्टा नेपालमा विताएका शाहरुख खानलाई कान्साई न्यारोल्याक पेन्ट्सले नेपालमा एक कार्यक्रममा अतिथिको रुपमा ल्याएको हो  । उनी भिआई पी गेस्ट भएको  कार्यक्रमा नेपालकी चर्चित नायिका प्रियंका कार्कीले साहरुख खानले अभिनय गरेको ह्यापी न्यु इयरको( लभ्ली , डनको) आज कि रात , चेन्नई एक्सप्रेसको – लुंगी डान्स , शक्तिको – इश्क कमिना , बिल्लु बार्बरको – मर्जानी मर्जानी आदि गितमा नृत्य  गरेकी थिईन ।

हिजो दिउसो साढे ३ बजे नेपाल आएका शाहरुख हिजै राती फर्केका थिए । सव परिवार सहित छिट्टै नेपाल आउने पनि उनले जानकारी गराएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget