काठमाण्डु, १२ मंसिर– उपप्रधानमन्त्री चित्रबहादुर केसीको घट्टेकुलोस्थित डेराको भाडा बढेको छ । केसी उपप्रधानमन्त्री भएपछि घरबेटीले ६ हजारबाट एकैपटक तीन हजार बढाएर नौ हजार पुर्याएका छन् । नयाँ पत्रिकाले केसी पत्नी पार्वतीलाई चित्रबहादुरका बानी र स्वभावबारे गरेको १०१ प्रश्नको जवाफ दिने क्रममा यो
विषय बाहिर आएको हो । पार्वतीकै शब्दमा उपप्रधानमन्त्री केसीका बानी र स्वभाव यस्ता छन्ः
– पहिला गाँउमा हुँदा खाना पकाउनुहुन्थ्यो, आएपछि छोड्नुभयो । अचेल त एक गिलास पानी पनि आफैँ सारेर खानुहुन्न, सबेथोक पु¥याइदिनुपर्छ । किचेनमा त चुठ्न मात्र जानुहुन्छ ।
–छोरा–बुहारीलाई यही काम खोजिदिएको भए, जागिर लगाइदिएको भए जापान किन जान्थे र ? आफ्नै छोराहरूलाई त जागिर नलगाएपछि अरूलाई कसरी लाइदिनू भन्नुस् त ?
– लुगामा केको आइरन लगाउनु ? आफैँ लाउनुहुन्न, लाइदिने मान्छे छैन, अनि के गर्नु ? जस्तो छ, त्यस्तै लगाएर हिँड्नुहुन्छ ।
– ०५६ सालमा सांसद भएपछि दुई जोर कोट–पाइन्ट हाल्नुभाथ्यो । त्यसपछि अस्ति उपप्रधानमन्त्री बन्ने भएपछि एक जोर कोट–पाइन्ट र एक जोर लवदा(दौरासुरवाल)–कोट सिलाउनुभयो ।
– घट्टेकुलोमा कोठा पनि छाडेका छैनौँ । सामान त्यहीँ छ, यहाँ त कति दिन पो हो । १६ वर्ष भयो त्यहाँ बसेका, सुरुमा तीन हजार पाँच सय भाडा थियो । उपप्रधानमन्त्री भएपछि नौ हजार पुगेको छ ।
– गाँउमा हुँदा कस्ता–कस्ता भीरमा गएर घाँस काटेर ल्याउनुहुन्थ्यो । एकपल्ट छुट्टीमा आउँदा वर्ष दिनलाई पुग्ने दाउरा जम्मा पार्नुहुन्थ्यो । भीरको मह काढ्न त्यस्तै सौखिन ।
– साँझमा रोटी खान मन पराउनुहुन्छ, तर दाँत छैनन्,चपाउने केले ? ढिँडो दिन्छु, लुसुलुसु खानुहुन्छ । माछा धेरै मन पराउने हो
kathmandutoday
Post a Comment