मंसिर ११, २०७२- मानवअधिकार तथा शान्ति समाज नेपालले भारतको नाकाबन्दीले नेपालमा मानवीय संकट निम्त्याएको उल्लेख गर्दै त्यसको विरोधमा यहाँस्थित भारतीय दुतावासलाई घेर्ने र हस्ताक्षर संकलन गरेर बुझाउने दस दिने अभियान सार्वजनिक गरेको छ ।
‘दक्षिण एशिया भारतको हैकमवादका कारण अस्थिर बनेको छ र उसले नेपालमाथि लगाएको नाकाबन्दीले मानवीय संकटसमेत निम्त्याएको छ’ समाजका संस्थापक सभापति कृष्ण पहाडीले भने,‘यसको विरोध नागरिकस्तरबाट सशक्त रुपमा हुनु पर्छ र नेपालले भोग्नु परेको क्षती भारतबाट भराउनु पर्छ ।’
भारतका कारण भएको नाकाबन्दी र आन्दोलनले नेपालमा ५० भन्दा बढी मानिसको ज्यान गएको, कलकारखाना र उद्योगधन्दा बन्द हुँदा खर्बौं रुपयाँको घाटा व्यहोर्नु परेको तथा चरम मानवीय संकट पनि आइलागेको हुँदा यसविरुद्धको आन्दोलनमा भारतीय नागरिक र त्यहाँका बुद्धिजिविको पनि साथ लिने प्रयासमा आफू लागेको पहाडीले बताए ।
डिसेम्बर १० का दिन पर्ने ६७ औं विश्व मानवअधिकार दिवसको अवसर पारी समाजले डिसेम्बर १ देखि नै १० दिने दुतावास अघिल्तिर धर्ना र हस्ताक्षर कार्यक्रम सार्वजनिक गरेको छ ।
ekantipur
Post a Comment