भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीबाट नाम हटेपछि चालक तेल भर्न भारत गए


विराटनगर : भारतीय प्रहरीले मोस्ट वान्टेड सूचीबाट नाम हटाउने सहमति पछि नेपालका ट्यांकर चालकको विराटनगरको जोगबनी नाकाबाट तेल भर्न भारततर्फ गएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरंगसँग भएको ट्यांकर व्यवसायी तथा मजदुर संगठनका प्रतिनिधिबीच वान्टेड सूचीमाबाट नाम हटाउने र पारि तेल भरेर आउँदा सुरक्षा हुने सहमति भएपछि विराटनगरका चाल भारततिर तेल भर्न गएका हुन ।


जोगबनी नाकाबाट बरौनीमा गएर तेल भरेर आउने क्रममा भारतीय प्रहरीले पाँच दिनअघि ट्यांकर चालकलाई कुटपिट गरेका थिए । तीन जना चालकको नाम मोस्ट वान्टेड सूचीमा राखेर कार्वाही गर्ने धम्की दिएका थिए । त्यसपछि चालकले नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा धर्ना बसेर सुरक्षाको माग गरेका थिए ।
नेपाल स्वतन्त्र मजदुर संगठनका सदस्य मुकुन्द प्रसाद न्यौपानेका अनुसार आइतबार विराटनगरबाट १६ वटा ट्यांकर तेल भर्न भारतको बरौनीतिर गएका छन् । उनले भने,‘लाइनमा आउँदा साइड लगाउन भन्ने र साइड लगाए गाडी लाइनमा लगाउ भन्दै हाम्रा चालकलाई भारतीय प्रहरीले कुटपिट गरेका थिए ।’ अब फेरि कुटपिट भए आफूहरुले ढुवानी नै ठप्पा पार्ने तयारी गरेको न्यौपानेले जानकारी दिए ।

यसैबीच शनिबार राति नेपाल प्रहरीले सुरक्षा दिएर ४२ ट्यांकर डिजेल र ८ ट्यांकर पेट्रोल काठमाण्डौं पठाएको छ । शुक्रबार साँझसम्म जोगबनी नाकाबाट १ सय २५ ट्यांकर इन्धन आएपनि शनिबार भने चालक आन्दोलनका कारण ठप्प भयो । नेपाली प्रशासनले भने चालकको सुरक्षामा कुनै कमजोरी नगरिने जनाएको छ ।annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget