एचआईभी उपचारमा चामत्कारिक सफलता, शरीरलाई भाइरसमुक्त बनाउन सकिने

फागुन २१ गते एजेन्सी – एचआईभी संक्रमितका लागि खुसीको खबर । लामो प्रयासपछि वैज्ञानिकहरुले एचआईभी भाइरस सदाका लागि मानव शरीरबाट हटाउन सकिने उपचार पद्धतिको विकास गरेका छन् । मानव शरीरमा एकपटक एचआईभी भाइरस प्रवेश ग¥यो भने जिन्दगीभर औषधि सेवन गर्नुपर्ने अवस्था थियो । यस्ता औषधिले जीवन लम्ब्याउने मात्र हो । नयाँ उपचार पद्धतिले एचआईभी संक्रमणबाट हुने अकाल मृत्युबाट लाखौँको ज्यान जोगिने छ ।

पछिल्लो अनुसन्धानले मानव कोषमा रहेको एचआईभी भाइरसलाई हटाउन सकिने उपाय पत्ता लगाएको हो । यसलाई एचआईभीको क्षेत्रमा सबभन्दा ठूलो सफलता मानिएको छ । अमेरिकाको फिडालफेडियास्थित टेम्पल युनिभर्सिटी स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले एचआईभी भाइरसलाई हटाउन सकिने अनुसन्धानबाट प्रमाणित गरेका हुन् । यसलाई एचआईभी उपचारमा चामत्कारिक सफलता मानिएको छ ।

बेलायती पत्रिका ‘डेली मेल’मा लेखिएको छ, ‘अनुसन्धानकर्ताहरु मानव शरीरभित्र निष्क्रिय अवस्थामा रहेको एचआईभी वान भाइरसलाई मानव कोषबाट स्थायी रुपमा हटाउन सफल भएका छन् ।’ सो युनिभर्सिटीको न्युरोसाइन्स विभाग प्रमुख प्राध्यापक डा. कामेल खलिलीले यसलाई मानव शरीरमा रहेका एचआईभी भाइरसलाई पूर्ण रुपमा हटाउने कार्यमा सफलताको पहिलो पाइला भएको बताएका छन् । ‘यो एचआईभीलाई स्थायी रुपमा हटाउने निकै महत्वपूर्ण कदम हो,’ खलिलीले भने, ‘यो एउटा आश्चर्यजनक आविष्कार पनि हो ।’

प्रा. डा. खलिलीका अनुसार यो अनुसन्धान क्लिनिकसम्म जान भने केही समय लाग्ने छ । ‘यो सफलताले विज्ञान सही दिशामा अगाडि बढिरहेको प्रमाण दिएको हो,’ उनले भने, ‘अनुसन्धानको दायरा फराकिलो पार्दै केही समयभित्रै बिरामीको शरीरमा रहेका भाइरसका हरेक टुक्रा सधैँका लागि हटाउने सक्षम हुनेछौं ।’ अनुसन्धानकर्ताहरुले बताएअनुसार डीएनए स्निपिङ इन्जाइम (न्युक्लियस) र जीआरएनएको मिश्रणले भाइरसमा रहेको जिनको भागलाई आक्रमण गरी एचआईभी वानको डीएनएलाई सधैँका लागि मानव शरीरबाट हटाइदिन्छ । त्यसपछि भाइरससहित हटेको जिनको भागलाई शरीरका अरु भाइरसरहित कोषको जिनले पुनर्निमाण गरी एकआपसमा जोड्ने काम गर्छ ।

एचआईभी वान भाइरसलाई मानिसको रोग प्रतिरोधात्मक क्षमताले कहिल्यै हटाउन नसक्ने भएकाले नयाँ उपचार विधिको खोजी गरिएको अनुसन्धानकर्ताको दाबी छ । यसलाई खोपको माध्यममा पनि ल्याउन सकिने डा. खलिलीले बताए । विश्वभरि ३ करोड ३० लाख एचआईभीपीडित छन् । एचआईभी भएकाहरुलाई एन्टी रेट्रो भाइरल थेरापीद्वारा उपचार गरिँदै आइएको छ । यसले एचआईभीका भाइरसलाई कमजोर बनाउँदै मानिसको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोग गर्छ । तर, यो औषधि छाड्नेवित्तिकै रोग बल्झिने समस्या हुन्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget