गुडिरहेको कारमै युवतीको सामूहिक बलात्कार

एजेन्सी : भारतको पञ्जाबस्थित लुधियाना शहरमा आइतबार २१ वर्षीय युवतीको गुडिरहेको कारमै सामूहिक बलात्कार भएको छ । कारमै युवतीको बलात्कार गरेको अभियोगमा प्रहरीले तीनजना युवालार्इ पक्राउ गरेको छ ।

पीडित युवतीले प्रहरीलार्इ बताए अनुसार उनीमाथि तीन युवकले व्यस्ततम फिरोजपुर सडक खणड्मा शनिबार राति गुडिरहेकै कारमा बलात्कार गरेको बयान दिएकी छन् ।

चन्डिगढबाट १२० किलोमिटर परको औद्योगिक शहरमा युवती एक होटलमा काम गर्दै आएकी थिइन् ।

उनी हिमाञ्चल प्रदेशबाट काम गर्न त्यहाँ पुगेकी थिइन् । बलात्कारपछि उनको मेडिकल जाँच गरी उपचारका लागि सिभिल अस्पतालमा भर्ती गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनामा संलग्न युवकहरुको हालसम्म पहिचान नभएको प्रहरीले जनाएको छ । हामीलार्इ पीडित युवतीले उजुरी दिएकी छन्', एक प्रहरी अधिकारीले भने, ' उनको साथ सामूहिक बलात्कार भएको खुलेको छ । हामी अभियुक्तहरुको पहिचान गर्ने कोशिस गरिरहेका छौं ।'
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget