फागुन २२ गते
क्यान्सर रोग बाहिरी र भित्री २ कारणले हुने हुन्छ । यो रोग लाग्नुको वास्तविक सबै कारण थाहा नभए पनि करिब ९० प्रतिशत बाहिरी कारणले हुने अनुमान छ । बाहिरी कारणमा अस्वस्थ्यकर खानपिन, रहनसहन र वातावरणीय प्रदुषण प्रमुख हुन् । त्यसबाहेक करिब १० प्रतिशत मात्र क्यान्सर लाग्ने भित्री कारणमा वंशानुगत, उमेर, लिंग, जाति आदि हुन् ।
भित्री कारण
क्यान्सर गराउने विभिन्न कारणमध्ये व्यक्तिगत कारण पनि एक हो । व्यक्तिगत कारणहरू निम्न छन् :
१.व्यक्तिगत कारण
क. लिंग : मानिसहरुको शरीरलाई आवश्यक हर्मोनको गडबडीले पुरुषमा प्रोष्टेट, अण्डकोष र महिलामा स्तन र डिम्बाशयको क्यान्सर हुन्छ ।
ख. उमेर : क्यान्सर भर्खर जन्मेको बच्चालाई लागेको पाइए पनि बढी उमेरका व्यक्तिलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ ।
ग. जाति : मुस्लिम जातिमा पाठेघर मुखको क्यान्सर अन्य समुदायभन्दा कम देखिएको छ । छालाको क्यान्सर काला जातिभन्दा गोरा जातिलाई बढी देखिएको छ, किनकि गोरा समुदायको छालामा मेलानिन पिगमेन्ट कम हुने भएकाले सूर्यको किरणको असर बढी पर्छ ।
घ. धेरै बच्चा जन्माउने महिला : गर्भासयको क्यान्सर धेरै बच्चा जन्माउने महिलालाई बढी देखिएको छ ।
ङ. व्यक्तिगत सरसफाइको कमी : पाठेघर, गुप्तांग, छाला, मुख आदि अंगको क्यान्सर व्यक्तिगत सरसफाइको कमीले देखिएको छ ।
२. वंशाणुगत कारण
केही क्यान्सर रोग वंशाणुगत कारणले पनि हुने गरेको छ । जस्तै आँखामा देखिने रेटिनोब्लास्टोमा,ठुलो आन्द्रामा हुने पोलिपोसिस कोली र र स्तन क्यान्सर नजिकका नातेदारमा लाग्ने सम्भावना बढी हुन्छ ।
३.प्रतिरोधात्मक शक्तिको कमी
हाम्रो शरीरमा मानसिक तनाव, चिन्ता, पोषणको कमी, विभिन्न रोगको संक्रमण आदि कारणले शरीर कमजोर भई रोगसंग लड्ने क्षमताको कमी भएका बेला क्यान्सर हुन सक्छ ।
४.घर्षण
हाम्रो शरीरको कुनै पनि भागमा लगातार घर्षण भएर त्यस ठाउँको कोष तथा कोषिकामा असामान्य परिवर्तन भई क्यान्सर हुन सक्छ । जस्तैः नक्कली दाँतको लगातार घर्षणले मुखको क्यान्सर हुन सक्छ ।
५.सामाजिक र आर्थिक अवस्था कमजोर
आर्थिक अवस्था कमजोर भएका मानिसमा छाला, मुख तथा पाठेघर क्यान्सर बढी पाइन्छ । – किशोरकुमार प्रधानाङग
-स्वास्थ्य खबरपत्रिका बाट
Post a Comment