दुर्घटनाग्रस्त टर्किस जहाज तान्न हर्कुलस काठमाडौं आइपुग्यो

काठमाडौं : बुधबार बिहान त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको जहाज तान्न भारतीय बायुसेनाको हर्कुलस जहाज काठमाडौं आइपुगेको छ ।

हेभ्भी इक्विप्मेनेन्टसहितको भारतीय बायु सेनाको हर्कुलस जहाज बिहीबार दिउँसो १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

सो जहाजमा ल्याइएको हेभ्भी इक्विप्मेन्ट दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको जहाज तान्ने भएको छ ।

२२४ यात्रुसहितको टर्किस एयरलाइन्सको जहाज बुधबार बिहान अवतरणका क्रममा त्रिभुवन विमानस्थलको धावनमार्ग नजिकैको घाँसे मैदानमा दुर्घटनाग्रस्त भएको थियो । अगाडिका टायर फुटेर जमिनमा धस्सिएको जहाजलार्इ दुर्घटनास्थलबाट आजै हटाइने बताइएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget