महिलासम्बन्धी थाहा पाउनैपर्ने केही रोचक तथ्य

महिला भन्ने बित्तिकै सुन्दरता, सहनशीलता, धैर्यता र कामुकताजस्ता विशेषण लाग्ने गर्दछन् । तर, महिलाको महिमा यतिमा मात्र सीमित छैन ।
यद्यपि महिला वा पुरुष जो कोहीका पनि सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । तर, केही त्यस्ता पक्ष पनि छन् जसका बारेमा सबै जानकार हुँदैनन् ।

सकारात्मक–नकारात्मक जे भए पनि ती पक्षहरु आफैमा रोचक एवं स्मरणीय हुन्छन् । आम महिलाको आनिबानीका विषयमा विभिन्न अध्ययन हुने गरेका छन् । उनीहरुको मानसिक, शारीरिक अवस्था, मनोविज्ञान तथा जीवनशैलीका बारेमा भएका विभिन्न अध्ययनले त्यस्ता रोचक तथ्या बाहिर ल्याएका छन्ः
–महिलाका लागि सबैभन्दा प्रिय वस्तु उनीहरुको ह्याण्डब्याग वा पर्स हुन्छ ।त्यसैले सबैजसो महिला हिँडडुल गर्दा हातमा पर्स वा ह्याण्डब्याग झुन्ड्याएकै हुन्छन् । यद्यपि त्यसलाई केही कुरा राखे, नराखेको विषयमा मतलब हुँदैन।
–महिलालाई लुगाफाटोले कहिल्यै पुग्दैन । महिलाहरुले  भलै कयौ डिजाइनका कपडा एकैपटक खरिद गरुन् तर उनीहरुले भनने कुरा के हुन्छ भने उनीहरुको दराजमा एउटै मिल्दो कपडा छैन ।
–अर्को रोचक तथ्य के हो भने महिलाहरु खञ्चुवा हुन्छन् । जब महिलाहरु कुनै पुरुषसँग हुन्छन् तब उनीहरु कम खाने अभिनय गर्छन्, तर जब महिलाहरु एक्लै हुन्छन् उनीहरु फटाफट धेरै खान्छन् । महिलाहरुले एकआपसमा गर्ने कुराकानी पनि खानेकुरा वा खानपिनसँगै सम्बन्धित हुन्छन् ।
–सम्भोगका बेलासमेत महिलाहरु आफ्नो सुन्दरता तथा लुक्सलाई लिएर निकै चिन्तामा हुन्छन् ।
–भलै कुनै सामान किन्नु छैन तर महिलाहरुलाई पसलसम्म गएर पसलेसँग निकै मोलमोलाई गर्छन् ।
–सयमा ७० जना महिला सेक्सका बेला चकलेट खान चाहन्छन्।
–महिलालाई त्यतिबेला निकै रिस उठ्छ जतिबेला अर्की महिलाले पनि आफ्नै जस्तो पहिरन लगाएकी हुन्छिन् ।
–पुरुषहरुको तुलनामा महिलाहरु निकै बुझक्की हुन्छन् । एजेन्सी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget