नयाँ दिल्ली, फागुन २१ – बलिउडका लभबर्ड भनिने कट्रिना कैफ र रणबीर कपुरलाई उनीहरुको सम्बन्धको बारेमा थुप्रै प्रश्नहरुको ओइरो लाग्ने गर्दछ ।
कट्रिनासँगको विवाह भएको खबर वास्तविक हो भन्ने एक पत्रकारको प्रश्नमा रणबीर निकै रिसाएर कार्यक्रम बाहिर निस्किएका थिए । रणबीरले उक्त प्रश्नलाई वेवास्ता गरेपनि उनीहरुको विवाहको खबरले फेरि एकपटक मिडियामा खैलाबैला मच्चाएको छ । एक स्रोतका अनुसार कट्रिनाले तीनवटा फिल्मको अफर अस्विकार गरेकी छिन् । फिल्म अस्विकार गर्नुको कारण उनीसँग फिल्मका लागि पर्याप्त रकम छैन । श्रोत भन्छ, ‘साइन गरिएको फिल्मको पैसा पनि उनले फिर्ता दिँदैछिन् किनभने उनले रणबीर सँग चाँडै नै घरजम गर्ने सोच बनाएकी छिन् । नयाँ फिल्मका लागि उनीसँग पर्याप्त समय नभएका कारण उनले ठूलो प्रोजेक्टको फिल्महरु पनि अस्विकार गरिरहेकी छिन् । ’ यद्यपी यो विषयमा कट्रिना र रणबीरको तर्फबाट केहि पनि टिप्पणी आएको छैन ।
Post a Comment