काठमाडौं,फागुन २१ – प्रहरीले होलीको अवसरमा अमर्यादित र उच्छृङखल गतिविधि गर्ने करिव ४० व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
राजधानीलगायत देशका विभिन्न स्थानबाट ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हनुमानढोका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाह«बिसे,हनुमानढोका,फर्पिङ,बानेश्वर ,कमलपोखरी दरवारमार्गलगायत क्षेत्रबाट ४० भन्दा बढी उछृङखल गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई नियन्त्रणमा लिइएको क्षेत्रकै प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीका अनुसार जवरजस्ती लोला हान्ने,मादक पदार्थ सेवन गरेर सवारी चलाउने,तीनजना मोटरसाइकलमा राखेर सवारी चलाउने जस्ता व्यक्तिहरु पक्राउ पर्ने क्रम बढिरहेको छ । हनुमानढोका प्रहरी प्रवक्ता दिनेश आचार्यले होलीका अवसरमा उच्छृङखल र अमर्यादित गतिविधि गर्ने केही व्यक्तिहरु पक्राउ परेको जानकारी दिँदै उनीहरुलाई घटनाको प्रकृति हेरेर कारबाही गर्ने जानकारी दिए ।
Post a Comment