प्रधानमन्त्री ओलीको नाम बेचेर पैसा उठाउँदै उपप्रधानमन्त्री मैनालीकी पत्नी

काठमाडौँ – अमेरिकाको न्यूयोर्कमा हुने अन्तर्राष्ट्रिय महिला सम्मेलनमा भाग लिन लैजाने भन्दै उपप्रधान एवम् महिला बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले उठ्ती धन्दा सुरु गरेका छन् । अमेरिका लैजाने भन्दै मैनालीले प्रतिव्यक्ति रु १० लाखको दरले रकम उठाउन सुरु गरेका छन् ।

रकम उठानका लागि उनले पत्नी निलम केसीलाई परिचालन गरेको र त्यसको मुख्य केन्द्र माले पार्टी कार्यालयलाई बनाइएको छ । माले पार्टी कार्यालयमा बसेर अमेरिका जाने न कुरा हो भन्दै रकम बढाबढमा व्यक्ति छनौट भइरहेको स्रोतले जनाएको छ । अमेरिकामा रहेको दूतावासका अधिकारी नै सहभागी हुँदा हुने कार्यक्रममा उपप्रधानमन्त्री तहको व्यक्ति नै सहभागी हुन लागेको भन्दै चर्को आलोचना हुँदै आएको छ ।

निलमलाई अगाडि सारेर मन्त्री मैनालीले रकम उठाउने भन्दा सुरु गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष समेत उजुरी परेको छ । सम्वद्ध स्रोतकाअनुसार मैनालीले २४ जनालाई अमेरिका लैजाने बताउँदै आएका छन् ।

मन्त्री नै मानव तस्करीमा उत्रेपछि मुलुकको कानुन र न्याय हराएको भन्दै अख्तियार दुरप्योग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । आयोगले मन्त्री मैनालीको दैनिक गतिविधि नियालीरहेको छ । निलम केसीले अमेरिका लाने भन्दै मन्त्री मैनालीको नाम लिएर पैसाको बार्गेनिङ गरिरहेकी छिन् ।

जसले बढी दिन्छ उसैलाई लाने हो क्यारे, प्रधानमन्त्रीसम्म पनि पैसा पु¥याउनुपर्छ भन्दै ओलीको समेत नाम समेत बेच्ने गरेकी छिन् । प्रधानमन्त्रीको समेत नाम बेचेर रकम उठाएपनि सो सम्बन्धमा ओलीले कुनै एक्सन लिएका छैनन् ।

सहसचिव तहको व्यक्ति जाँदा हुने कार्यक्रममा मन्त्री नै जान खोजेपछि मन्त्रालयका कर्मचारीसमेत मन्त्रीको तरिका के हो भन्दै त्यति खुसी छैनन् । यस्ता अराजक मन्त्री त मन्त्रालयमा कहिले पनि आएका थिएनन् भन्दै मन्त्रालयका उच्च तहका कर्मचारी समेत आजित भएका छन् । समाज कल्याण परिषद्मा समेत मन्त्रीले आतंक मच्चाएको भन्दै कर्मचारीले आन्दोलन गर्ने सुरु तयारी गरेका छन् । मैनालीको ज्यादती बढेको भन्दै परिषद्का कर्मचारीले पहिलो चरणमा चेतावनी दिएका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget