बैज्ञानिकले पत्ता लगाए बिपरित लिंगीलाई आर्कषित गर्ने १० सूत्र

1 दाँत सेतो सफा राख्नुस्- अध्ययनले के देखाएको छ भने सफा सेता तथा मिलेका दन्तलहरले मानिसलाई बढि आकर्षक देखाउँछ ।
चम्किलो छालाका लागि फलफूल् तथा सागपातको पर्याप्त सेवन गर्नुस्- अध्ययन अनुसार फलफूल् तथा सागपातको प्रसस्त सेवनले मानिसको छालालाई स्वस्थ तथा आकर्षक बनाउन सहयोग गर्छ ।
2 मुस्कुराउनुहोस्- खुसी तथा मुस्कान खासगरी महिलाहरुको हकमा आकर्षणको सबैभन्दा ठूलो केन्द्र नै हो । तर पुरुषको हकमा भने मुस्कानले खासै आकर्षणको अर्थ राख्दैन ।
3 गम्भीर मुद्रा र भद्र स्वभाव- मुस्कुराइरहने पुरुष भन्दा अलि भद्र तथा गम्भीर स्वभावका पुरुषहरु महिलाको रोजाइमा पर्छन् । युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका शोधकर्ताहरुका अनुसार खुसी तथा मुस्कान पुरुषहरुको सबैभन्दा कम आकर्षक गुण हो ।


4 क्षणिक सम्बन्ध चाहनुभएको हो रु त्यसोभए हल्का भइदिनुस्- यो भन्दा अप्ठेरो लाग्छ । तर यदि कुनै महिला छोटो समय वा एक रातको सम्बन्ध चाहन्छन् भने उनीहरु हल्का तथा एक प्रकारले मूर्ख बनिदिनुपर्छ, तबमात्र उनीहरुलाई पुरुषहरुले झ्वाट्टै आँखा लगाइहाल्छन् ।



5 दाह्री खौरिनुहोस्- महिलाका लागि आकर्षक बन्न चाहनुहुन्छ रु यदि त्यसो हो भने दाह्री खौरिनुहोस् । अक्सफोर्ड जर्नलमा छापिएको शोध अनुसार महिलाहरु झुस्स दाह्री भएको अनुहारवाला पुरुषलाई कम आकर्षक ठान्छन् ।
6 रातो लिपस्टिक लगाउनुहोस्-अध्ययन अनुसार महिलाको सरीरको सबैभन्दा आकर्षक अंग उनको ओठ नै हो र ओठमा रातो रंगको लाली लगाएका महिलाहरु पुरुषलाई कामोत्तेजक लाग्छन् ।

7  सरप्राइज दिनुहोस्- एक अध्ययन अनुसार आफुलाई कुनै पुरुषले कति धेरै मन पराउँछ वा आफुप्रति कति धेरै आशक्त छ भन्ने कुराको थाहा नहुन्जेल कुनै पनि महिलाले उक्त पुरुषलाई बढि आकर्षक ठान्छिन्, जति त्यस्तो कुरा थाहा पाएपछि ठान्नेछिन् ।
8 टी लेखेको टिसर्ट लगाउनुहोस्- वास्तवमा यो कुनै मनगढन्ते कुरा होइन । बेलायतको नटिंघम ट्रेन्ट विश्वविद्यालयका शोधकर्ताहरुले अगाडि पट्टि ठूलो आकारको टी अक्षर प्रिन्ट भएको टिसर्ट लगाउने पुरुषहरु महिलाका लागि बढि आकर्षक बन्दछन् । यस्तो टिसर्टले महिलामा केही भ्रम सिर्जना गर्छ, जस्तै छाति चौडा देखाउँछ, कम्मर सानो देखाउँछ तथा भी सेपको सेक्सी फिगर देखाइदिन्छ । यस्तो विशेषतायुक्त पुरुष महिलाको रोजाइमा पर्छन् । उल्टो टी लेखेको टिसर्ट लगाएका पुरुषहरु त्यसको विपरित भने महिलाको आकर्षणमा नपर्ने अध्ययनले देखाएको छ ।

9 अलि तिखो बोली बोल्नुस्- यो कुरा महिलाको हकमा लागु हुन्छ । आफुले मन पराएको युवकलाई आफुतर्फ आकषिर्त गर्नका लागि महिलाहरुले आफ्नो आवाजको तिखोपना केही बढाउनुपर्ने हुन्छ । बढि तिखो बोली हुने महिलाको जिउ कम भद्दा हुने विश्वास पुरुषहरुमा हुने भएकाले महिलाहरुको आकर्षणमा वृद्धि हुने युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले बताएका छन् ।

10 गहिरो स्वास लिनुहोस् र रिल्याक्स गर्नुहोस्क-म तनाव लिने पुरुषहरुलाई महिलाले बढि मन पराउने एक अध्ययनले देखाएको छ । तनाव कम लिने र सधै रिल्याक्समा रहने पुरुषले तनावयुक्त वातावरणको व्यवस्थापन गर्न सक्ने र उसको वंशाणुगत सक्षमण भावी बच्चामा पनि स्थानान्तरण हुने विश्वास महिलाहरुमा हुन्छन् ।News24Nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget