सेल्फी खिच्दा हराएको शब आज यसरी भेटियो

चितवन, २० फागुन । चितवनस्थित नारायणी नदी किनारमा सेल्फी खिच्ने क्रममा नदीमा डुबेर बेपत्ता युवतीको शव आज बिहान फेला परेको छ । पाँच दिनपछि उनको शव फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढ चितवनका प्रहरी टोलीले नारायणी नदी किनारमा ती किशोरीको शव फेला पारेको हो ।
गएको आइतबार गैँडाकोटकी १८ वर्षीया स्मिता ज्ञवाली नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर नदीमा खसेकी थिइन् । त्यसपछि उनको अवस्था अज्ञात थियो ।
उनको खोजीका लागि प्रहरी र स्थानीयवासी सक्रिय भएका थिए । प्रहरीले खोजीका क्रममा आज बिहान करिब ५ बजेतिर उनको शव फेला पारेको प्रहरी निरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।
घटनास्थलभन्दा करिब ५० मिटर तल शव फेला परेको उहाँले जानकारी दिनुभयो ।
आइतबार दुई किशोरी नदीमा खसेकामध्ये एकजनाको उद्धार भए पनि एकजना बेपत्ता भएकी थिइन् ।
गैँडाकोट–१६ की १९ वर्षीया नम्रता सापकोटाको घटनाभएकै दिन जीवितै उद्धार भएको थियो । रासस
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget