भारतीय कम्युनिष्ट नेताले गरे नाकाबन्दीको विरोध

२० फागुन, काठमाडौं । भारतीय नेताले नै भारतले लगाएको नाकाबन्दीको विरोध गरेका छन् । भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्युरो सदस्य जोगेन्द्र शर्माले विहीबार नेपाली कांग्रेसको अधिवेशनमा मन्यव्य दिनेक्रममा भारतीय नाकाबन्दीको विरोध गरेका हुन् ।

‘हाम्रो पार्टी नेपाली जनताको दुःख र यातनाका साथमा छ,’ भारतीय नेता शर्माले खुल्लामञ्चबाट भने,’हामीले नाकाबन्दीका विषयमा संसद र सडकबाट संघर्ष गर्‍यौं, सरकारले नेपालमै आन्दोलन भएका कारण ब्लकेड भएको जवाफ दियो । त्यसपछि हामीले संसदीय टोली नेपाल पठाउनुपर्ने माग गर्‍यौं । सच्चाइ के हो ? यदि भारतले नाकाबन्दी गरेको हो भने, दोस्रो देशबाट नाका खोल्नुपर्छ भन्ने माग राख्यौं ।’

शर्माले आफ्नै सरकारले लगाएको नाकाबन्दीको विरोध गर्दा खुल्लामञ्चमा उपस्थित कांग्रेस कार्यकर्ताले ताली बजाएका थिए । मञ्चमा रहेका एमाओवादी अध्यक्ष प्रचण्डसमेत हषिर्त देखिएका थिए ।

सीताराम येचुरीको पार्टीको नेता शर्माले नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता कायम भएकोमा खुशी व्यक्त गरे । उनले भारतमा पनि साम्प्रदायिक तत्वहरुले हिन्दुराष्ट्र चाहिन्छ भन्दै ‘खून खरावा’ गरिरहेको बताए । र, तिनैले नेपालमा पनि हिन्दु राष्ट्र चाहेको उनले बताए ।

तर, नेपालका सबै जात जाति र समुदायहरु एकतावद्ध भएर अघि बढ्न उनले आग्रह गरे । उनले भने- ‘सिंगो दक्षिण एशियाका जनताको भाग्य एकै प्रकारको छ, नेपाल भित्री र बाहिरी शोषणबाट मुक्त होस् । भारतीय जनता नेपाली जनताका साथमा छन् ।’onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget