दीपाले नगर्ने भईन् ‘लप्पन छप्पन’,‘छक्का पञ्जा’ तिर ध्यान

नेपाली फिल्म ईन्डष्ट्रि सानो भएपनि फिल्मको नाम जुराउन भने निकै कठिन छ । केहि साता अघि हाँस्य कलाकार दीपाश्री निरौलाले फिल्म लप्पन छप्पन को निर्देशन गर्ने समाचार आएपनि चलचित्र बिकास बोर्डले
उक्त फिल्मलाई अर्कै ब्यानरमा दर्ता भएको जनाए पछि अर्को नयाँ नाम लिईएको छ । निर्माता तथा कलाकार दीपक राज गीरी र दीपाश्री निरौलाको टिमले अब ‘छक्का पञ्जा’ फिल्मको निर्माण गर्ने भएका छन् । छ अंक फाप्दै आएका फिल्मका निर्माता तथा कलाकार दीपाश्री निरौला र दीपकराज गीरीको टिमले लप्पन छप्पन भन्दा पहिले पनि फिल्म ‘छ भने माया लाईदेउ छप्पक्कै’ फिल्म निर्माण गर्ने तयारीमा रहेका थिए । तर यो फिल्म पनि निर्माण हुन सकेन् । निरौलाले निर्देशन गर्ने भनेर आएका सबै फिल्महरु अहिले विविध कारण निर्माण हुन सकेनन् । तर अब बन्ने फिल्म छक्का पञ्जा भने निर्देशन गर्ने तरखरमा दीपा रहेकी छिन् ।

फिल्म लप्पन छप्पनलाई दीपाले नै सरस्वति पूजाका दिन निर्देशन गर्ने घोषणा गरेकी थिईन् । फिल्म दर्ता गर्न जाँदा अर्को व्यनरमा उक्त फिल्मको दर्ता भईसकेको बताईन् । यस फिल्म भन्दा पहिले यसै टिमले दुई वटा फिल्महरु छ एकान छ र वडा नंबर छ निर्माण गरीसकेका छन् । यी दुई फिल्महरुलाई दर्शकहरुले पनि निकै रुचाएका थिए । दीपाले निर्देशन गर्ने फिल्म छक्का पञ्जा लाई पुरुषोक्तम प्रधानले खिच्ने बताएका छन् भने फिल्ममा शीबहरी पौडेल, जीतु नेपाल, र बुद्धि तामाङ लिगाएतका कलाकारहरुले अभिनय गर्ने जनाएका छन् । फिल्मका निर्माण पक्षका अनुसार यहि चैत्रको ८ बाट फिल्म ‘छक्का पञ्जा’ सुटिङ सुरु हुने बताएका छन् ।

 News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget