२ अर्ब पचास करोड जरिवाना तिर्नुपर्ने फरार व्यक्ति पक्राउ

प्रहरीको अहिलेसम्मकै ठुलो सफलता,२ अर्ब पचास करोड जरिवाना तिर्नुपर्ने फरार व्यक्ति पक्राउ
काठमाडौँ,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अदालतले अहिलेसम्मकै उच्च जरिवाना सुनाएको फरार व्यक्तिलाई पक्राउ गरेको छ।

पर्सा निर्मलवस्ती घर भइ काठमाडौंको सामाखुसीमा बस्दै आएका पदमबहादुर राउतलाई पक्राउ गरिएको एसपी दिवेश लोहनीले जानकारी दिए।




उनलाई सर्वोच्च अदालतले ६८ साल वैशाख ४ गते २ वर्ष कैद र २ अर्ब पचास करोड जरिवाना सुनाएको थियो। सामाखुशी स्थित न्यू दाहाल विजनेश इन्टरप्राइजेजका प्रोप्राईटर रहेका राउतलाई यस केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले कपन पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाण्डौं जिल्ला अदालतमा पेश गरेको थियो।  काठमाण्डौं जिल्ला अदालतको आदेशले कैद म्याद भुक्तानको लागि नउई केन्द्रीय कारागार जगन्नाथदेवल काठमाण्डौंमा पठाईएको छ ।

तातोपानी भन्सारबाट एलसी, टीटी, ड्राफ्ट आदी सुविधामा नेपालमा सामान आयात  इन्टरप्राइजेजका  राउतले चीनको तिब्बतबाट क्रेडिट सुविधामा सामान आयात गर्दा प्रज्ञापन-पत्र, मार्जिन धरौट  रसिदको टीटी सुविधा र विदेशी विनिमय सटही सुविधा प्राप्त गरी हिमालयन बैंक न्यूरोड शाखाबाट अमेरिकी डलर एक करोड ५६ लाख र नेपाल इन्भेष्टमेन्ट बैंक लि।बाट अमेरिकी डलर तीन करोड चौंतीस लाख साठी हजार दुई सय अठ्तीस डलर र उनान्सय सेन्ट भुक्तानी लिई शर्त बमोजिम तातोपानी भन्सार नाकाबाट कुनै पनि सामान आयात नगरेको प्रहरीले जनाएको छ।

सामान अयात नगरी भुक्तानी वापतको  भन्सार कार्यालयको नक्‍कली छाप, सम्बन्धित भन्सार कार्यालयका कर्मचारीहरुको दस्तखत, प्रज्ञापन(पत्र, नगदी रसिद, क्रेडिट आम्दानी रसिद समेतका नक्‍कली कागजातहरु पेश गरी वैदेशिक मुद्रा अपचलन गरेको प्रहरीले जनाएको छ।News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget