प्रधानमन्त्रीकी छोरीसँग माया गाँसे, गर्भवती बनाइ छाडिदिए

एक फुटबलरको रोमान्स
एजेन्सी: फुटबल खेल जति रोमाञ्चक हुन्छ, उत्ति नै धेरै फुटबलरको जीवन पनि रोमाञ्चक हुन्छ । अहिलेसम्म ब्राजिलयन फुटबलर नेमार र पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै रोमान्स गर्नेमा पर्छन् । तर अब चेल्‍सीका स्टार एलेक्जेन्टर प्याटोले लभ लाइफमा रोमान्स गरेर सनसनी मच्चाएका छन् ।


ब्राजिलमा वन्डर ब्वाइको नामबाट चिनिएका २८ वर्षीय फारवर्डको लभ अफेयर इटालीका रंगीन मिजासका पूर्व प्रधामन्त्री सिल्भियो बर्लुस्कोनीकी छोरी बार्बरासँग चलेको थियो।

एसी मिलानका मालिक तथा इटालीका पूर्वप्रधानमन्त्रीकी छोरीलाई समेत प्रेम जालमा पारेका प्याटोले गलफ्रेन्ड बनाउनु आफ्‍नो रुचि भएको स्विकार गरेका छन्।

प्याटो र बार्बरा बर्लुस्कोनीबीचको सम्‍बन्ध सन २०११ मा शुरु भयो । उनी चाँडै नजिकिएर बारबरा गर्भवती समेत भइन्। उनी गर्भवती भएको फोटो समेत इन्टरनेटमा भाइरल भयो। प्याटो र बार्बराको अफेयर साढे २ वर्षसम्म मात्रै टिक्यो । त्‍यसपछि प्याटोले बार्बरालाई छाडिदिए ।

उनीहरुलाई मिलाउने व्‍यक्ति समेत यसबाट निराश भएका थिए। सन् २०१३ मा प्याटोलाई ब्राजिलियन क्‍लब कोरिन्थियन्सले सस्तोमै बेचिदिएका थियो।

प्याटो सन २००७ मा इटालियन क्लब एसी मिलानसँगग आवद्ध भएका थिए । उनले त्यो बेला एकै सिजनका ४२ खेलमा १८ गोल गरे ।तर गोलसँगै उनले त्यहाँ पनि मोडल स्ट्याफनी ब्रिटोसँग अफेयर सुरुवात गरे। यही अफेयर चाँडै विवाहमा परिणत भयो।

विवाहको उत्सव मनाउन प्याटोले ब्राजिलको पाँचतारे होटल कोप्याकाबाना प्यालेसमा दुई करोडको भव्‍य पार्टी आयोजना गरे। तर विवाहको उत्सवपछि उनीहरुको सम्बन्ध ९ महिना पनि टिकेन। अन्तिममा उनीहरुले तीन वर्षसम्म कानूनी लडाइँ लडेर सम्बन्ध बिच्छेद गरे।

स्ट्याफनी ब्रिटोसँग सम्बन्ध बिच्छेदपछि तत्कालीन मिस ब्राजिल डेबोरा लिरासँग लहसिए। चोटका कारण फुटबल मैदानभन्दा बाहिरै रहेका प्याटोले लिरासँग सन् २०१० को विश्वकपको मज्‍जा लिए।

तर दुवै जना एकअर्कालाई समय नछुट्याएकाले पनि उनीहरुबीचको सम्बन्धमा दरार आयो। सन् २०१४ मा पनि प्याटोले अर्की मोडेल तथा टेलिभिजन रियालिटी शोका प्रस्तोता फियोरेला म्याथिससँग मायाप्रिति सम्बन्ध सुरु गरे।

जुन अहिलेसम्म पनि जारी छ। यी दुबै जोडी अहिले लन्डनमा बस्दै आएका छन्। पहिलो पतिसँग सम्बन्धबिच्छेद गरेकी २७ वर्षीया फियोरेलाको इन्स्टाग्राममा २२ लाख फलोअर छन्।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget