जाट आन्दोलनले भारतलाई ३४ खर्ब नोक्सानी

२०७२ फाल्गुन ११ मंगलवार

एजेन्सी: जाट आन्दोलनका कारण कारण उत्तर भारतीय राज्यमा आर्थिक गतिविधि ठप्प हुँदा ३४ खर्ब भारतीय रुपैयाँ घाटा भएको छ ।

यसको आँकलन गरेको संगठन उद्योग मन्डल पिएचडी च्याम्बरले आपूर्ति ठप्प हुँदा अतिआवाश्कयक सामानहरुको भाउले पनि आकाश छुने अनुमान गरिएको छ ।


पीएचडी च्याम्बरका अध्यक्ष महेश गुप्ताले भने, 'केवल हरियाणामात्रै होइन उत्तर भारतका राज्यमा आर्थिक गतिविधि ठप्प हुँदा जरूरी सामानको आपूर्ति प्रभावित भएको छ । यस्तोमा मुद्रास्फितिमा यसको प्रभावलाई नजरअन्दाज गर्न सकिन्न ।'

गुप्ताका अनुसार रेलवे, सडक, यात्री बस, मालवाहक ढुवानीका साधन रोकिँदा वित्तीय सेवामा कमी, विनिर्माण, बिजुली र निर्माण समेत उद्योग क्षेत्रमा राज्यको जिएसडीपीमा आर्थिक वर्ष २०१५-१० को अन्तिम त्रैमासिकमा ठूलो नोक्सान हुने देखिएको छ ।

उद्योग मण्डलका अनुसार पर्यटन क्षेत्र, परिवहन एवम् वित्तीय सेवासमेत अन्य सेवा गतिविधिमा आन्दोलनका कारण १८ हजार करोड रुपैयाँको नोक्सानी भएको अनुमान गरिएको छ ।

यसका अलावा विनिर्माण, बिजुली, निर्माण गतिविधि एवम् खाद्य वस्तुमा भएको नोक्सानीका कारण औद्योगिक एवं कृषि कारोबार गतिविधिमा १२ हजार करोड रुपैयाँको नोक्सान भएको छ।

साथै सडक, रस्टुरा, बस स्ट्यान्ड, रेलवे स्टेशन समेत अन्य पूर्वाधारमा गरिएको तोडफोडबाट चार हजार करोड रुपैयाँको नोक्सान भएको अनुमान गरिएको छ । यसरी जाट आन्दोलनका कारण ३४ हजार करोड रुपैयाँको नोक्सानी भएको अनुमान गरिएको हो ।

नोक्सानीको यो आकलन हरियाणा, पञ्जाब, दिल्ली, चन्डीगढ, राजस्थान, उत्तराखन्ड, उत्तर प्रदेश, जम्मू कश्मीर र हिमाञ्चल प्रदेश समेत उत्तरी राज्यमा गरिएको हो । उद्योग मण्डलका अनुसार देशका सबै घरेलु उत्पादमा यी राज्यको योगदान करिब ३२ प्रतिशत रहेको छ ।

जाट प्रदर्शनकारीको आन्दोलन आइतबार हरियाणापछि दिल्ली र पश्चिमी यूपीमा पनि फेलिएको थियो । मुजफ्फरनगर र हापुडमा पनि सडक र रेल जाम गरियो ।

आन्दोलनले दिल्लीबासे चन्डीगढका लागि बस र रेल बन्द हुँदा एयरलाइन्स कम्पनीले भाडा १५ हजार रुपैयाँसम्म बढाएका छन् । आन्दोलन अघि भाडा २५ सयदेखि तीन हजारसम्म थियो ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget