भारतसंग सपिङ लिस्ट लिएर माग्न आएको थिइन :प्रधानमन्त्री ओली


सोमबार, १० फागुन
काठमाडौ। प्रधानमन्त्री केपी ओलीले केही महिना यता नेपाल र भारतबीच देखिएको असमझदारी हटाउन आफ्नो भारत भ्रमण पूर्ण रुपमा सफल भएको दाबी गरेका छन् ।

म भारतसंग केही देउ भन्ने सपिङ लिस्ट लिएर माग्न आएको थिइन, म भारत भ्रमणमा आउनुको मुख्य उद्देश्य नै भारतसंगको अविश्वास र असमझदारी हटाउनु थियो ।
त्यसमा मरो भ्रमण पूर्ण सफल भएको छ’ नयाँदिल्लीस्थित नेपाली दूतावासमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने ।
प्रधानमन्त्री निकट छिमेकी भारतले नेपालसंग मित्रवत् सम्बन्ध राखोस् भन्ने अपेक्षासहित आफू भ्रमणमा आएको पनि बताए ।
उनले भने, ‘भारतसंगको मित्रवत् सम्बन्ध पुरानो अवस्थामा ल्याउन भ्रमण निकै सफल भएको छ ।’
प्रधानमन्त्री ओलीले नेपाल जस्तो अल्पविकसित मुलककाले यति छोटो समयमा नयाँ संविधानजारी गर्न सक्नु निकै ठूलो उपलब्धि भएको बताए । आजको अन्नपुर्णमा समाचार छ ।
nepalsandesh
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget