विमान दुर्घटना अघि ठूलो आवाज आयो,र डाँडामा ठोक्किएर दुर्घटना भएको खुलासा

१२ फागुन, काठमाडौं ।

आज (बुधबार) विहान विमान पौने आठ बजे पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको नाइन एनएचएच ट्वीनअटर सम्पर्कविहिन विमान म्याग्दीको रुप्सेमा दुर्घट्ना हुन पुगेको छ ।

खराब मौसमका कारण विमान दुर्घट्ना भएको भएको बताइएपनि वास्तविक कारण खुल्न सकेको छैन ।

विमान खोजीका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले दिएको जानकारी अनुसार रुप्सेमा विमान दुर्घट्नाग्रस्त अवस्थामा भेटिएको छ ।

स्थानीय बासी के भन्छन्?



स्थानीय बासीले विमान डाँडामा ठोक्किएर दुर्घटना भएको बताएका छन् । विमान दुर्घटना हुनु अघि ठूलो आवाज सुनिएको र आगोको मुस्लो देखिएको स्थानीयले टेलिफोनमा जानकारी दिएका हुन् । पोखरा विमानस्थलबाट आज बिहान (बुधबार) बिहान ७ बजेर ४७ मिनेटमा जोमसोमको लागि उडेको थियो ।

पोखरा विमानस्थलका अनुसार म्याग्दीको घोडेपानीसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्क बिहीन भएको थियो । प्रत्यक्षदर्शीका अनुसार रुप्सेको डाँडामा ठूलो आवाज आएपछि धुँवा आएको देखिएको थियो । त्यसपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरलगत्तै इलाका प्रहरी कार्यालय दानाबाट प्रहरी घटनास्थलतर्फ गइरहेको छ

को को परे ?

दुर्घट्नाग्रस्त अवस्थामा भेटिएको विमानमा डोल्मा छिरिङ शेर्पा, राजकुमार तामा, कमला थकाली, म्याक्सु वाइन्जी(विदेशी), लेप्सा लामा, बालकृष्ण निउरे, कान्छा परियार, फेन्जोक गुरु, लक्ष्मी हिराजन, बालक, मोतीबहादुर केसी, पवित्रा केसी, कृष्णलाल भट्टचन, दिलकुमार गौचन, देवीजंग जुरुङ, रेवती बराल, मुक्तिनाथ बास्तोला, विनता भट्टचन, रलरसीद अहमद(विदेशी) र एक बालक, चालक रोशन मानन्धर, विकेश नेमु सवार रहेका रहेका थिए ।
nepaliheadlines
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget