काठमाडौँ सहरलाई सुन्दर र हरियाली बनाईदै

काठमाडौँ, काठमाडौँ सहरलाई थप हरियाली र सुन्दर बनाउन महानगरपालिकाले विभिन्न स्थानमा बोटबिरुवा रोप्ने काम गरिरहेको छ ।

अहिले प्रदर्शनीमार्ग, टुँडिखेल, सर्वोच्च अदालतको वरपर बिरुवा रोप्ने काम भइरहेको महानगरपालिकाको वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी बताउनुभयो ।

उहाँका अनुसार सडकको पुनःनिर्माण भइरहेको स्थानमा बोटबिरुवा रोप्दा निकाल्नुपर्ने भएको हुँदा ती स्थानमा भने हाललाई बिरुवा रोपिने छैन । पुनःनिर्माण सकिएपछि ती स्थानमा पनि बोटबिरुवा रोप्ने तयारी रहेको छ ।



गत वर्ष मङ्सिरमा भएको सार्क सम्मेलनको समयमा पनि काठमाडौँ महानगरपालिकाले मात्र ७०० बिरुवा रोपेको थियो । तीमध्ये हाल ५०० मात्र बोटबिरुवा रहेको छ । केही समयपछि सुन्धारादेखि त्रिपुरेश्वर र त्रिपुरेश्वरदेखि कलङ्कीसम्म बिरुवा रोपिने तयारी रहेको छ । हाल सो स्थानमा सडक पुनःनिर्माणको काम भइरहेको महानगरले बताएको छ ।

तत्कालका लागि २०० वटा बिरुवा रोप्नुका साथै सार्क सम्मेलनको समयमा रोपेको बिरुवाको पनि संरक्षण गरिने बताइएको छ ।

गमला र बिरुवाको मूल्य हेर्ने हो भने एउटा बोटबिरुवा रोप्नका लागि रु पाँच हजार खर्च हुने महानगरले जनाएको छ । राससNews24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget