विद्युत सञ्जालमा जोडिन चिनको आयो यस्तो प्रस्ताव, चिनसँग जोडिए भारतबाट एक वाट विजुली ल्याउन नपर्ने

काठमाण्डौ ११ फागुन – विश्वकै शक्तिशाली तथा आर्थिक विकासको प्रमुख राष्ट्र चीनले नेपाललाई जलविद्युत विकासको प्रस्ताव गरेको हो । भ्रमणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले ६ महिना होइन् तीन महिनामै ६ सय मेघावाट विजुली दिने घोषणा गरेको भोलिपल्टै जलविद्युत विकासमा चीनको प्रस्ताव आएको हो ।
चीनको राज्य ग्रिड कम्पनी अन्तर्गत तिब्बत विद्युत कम्पनीका प्रमुख लिउ स्याउ मिङले ‘एक क्षेत्र एक मार्ग’ रणनीतिलाई साकार तुल्याउन तिब्बत र नेपालबीच बिजुली सञ्जाल जोड्न विशेष पहल गर्नुपर्ने बताए ।
पछिल्लो समयमा चीनले आफूसँगै छिमेकी राष्ट्रहरुले पनि जलविद्युतको क्षेत्रमा विकास गरुन् भन्ने प्रस्ताव अनुसार नेपालको जलविद्युत विकासमा चासो व्यक्त गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
एक अन्तर्वार्ताका क्रममा तिब्बत विद्युत कम्पनीका प्रमुख मिङले केही वर्षमा चीन ९तिब्बत० र नेपालबीच यो स्तरको बिजुली सञ्जाल द्रुत रुपमा जोडिने बताए । उनले सन् २०२० सम्म चीन र नेपाल बीचमा बिजुली सञ्जाल जोड्ने सम्भावना रहेको दाबी गरे । उनले यस विषयमा नेपालबाट समेत प्रस्ताव आउनुपर्नेमा जोड दिए ।
चीनसँग नेपाल विद्युत सञ्जालमा जोडिए भारतबाट एक वाट विजुली ल्याउन नपर्ने विज्ञहरु बताउँछन् ।
हाल भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओली एक महिनापछि चीन भ्रमणमा जाँदैछन् । सम्भवतः त्यो समयमा चीनले नेपाललाई यो प्रस्ताव औपचारिक रुपमा राख्न सक्ने अनुमान गरिएको छ ।
यसअघि चीनले नेपाललाई दक्षिण एसियाली रेलमार्ग र विश्व बैंकमा समेटेको थियो ।nepalnewslive

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget