तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त, २ बालबालिकासहित २३ जनाकै मृत्यु

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन–एएचएच ट्वीनअटर विमान दुर्घटनामा परेको छ ।  पोखरा विमानस्थलबाट बुधबार बिहान ८ बजेर ५ मिनेटमा जोमसोमको लागि उडेको विमान  म्याग्दीको रुप्सेमा दुर्घटनाग्रस्त भएको हो ।

चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेस रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनात पौडेलले जानकारी दिएका छन । चालक दलका तीन सदस्य, दुई बालिकासहित १८ जना नेपाली र २ जना विदेशी नागरिकको मृत्यु भएको छ ।  विमानमा चालक दलका सदस्यसहित २३ जना रहेका थिए ।



विमानमा रहेका यात्रुहरुको नामावलीः
लेप्साङ लामा, राजकुमार तामाङ, रेवती बराल, देवीजंग गुरुङ, बालकृष्ण राउत, मुक्तिनाथ बास्तोला, फेन्जोक गुरुङ, विनिता भट्टचन, कृष्णलाल भट्टचन, मोतीबहादुर केसी, पवित्रा केसी, दीलकुमारी गौचन, कान्छा परियार, लक्ष्मी हिराचन, बालक, कमला थकाली,
विदेशी नागरिक अहमत र एक जना बालक ।
nepalpati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget