कुकुर नियन्त्रण गर्न तीनवर्षीय योजना



काठमाडौँ, । काठमाडौँ महानगरपालिकाले निकट भविष्यमा नै सामुदायिक कुकुरलाई व्यवस्थापन गर्ने भएको छ ।

विभिन्न स्थानमा छाडा रुपमा छाडिएका कुकुरको व्यवस्थापन हुन नसक्दा समस्या आउनाका साथै अनावश्यक कुकुर उत्पादन भएकाले नियन्त्रणका लागि अभियान सुरु गर्न लागिएको महानगरपालिका, जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अव्यवस्थित रुपमा रहेका कुकुरका कारण मानिसको स्वास्थ्यमा समेत विभिन्न असर परेकाले यसलाई नियन्त्रण गर्न लागिएको हो । अबको पाँच दिनपछि कुकुरको तथ्याङ्क सङ्कलनसुरु गरिने तयारी रहेको महाशाखाले बताएको छ ।

कुकर नियन्त्रण अभियानमा ‘ह्युमन सोसाइटी’ र महानगरपालिका दुवैको सक्रियता रहने छ । अभियानका लागि झन्डै रु तीन करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।

रेबिज रोग लागेको नलागेको र अन्य रोगको पनि तथ्याङ्क लिने बताइएको छ । महानगरका ३५ वडामा सञ्चालन गर्न लागिएको अभियान तीन वर्षीय योजना अन्तर्गत पर्छ । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget