‘दिल्लीमा मोदीसँग फेरि विग्रियो ओलीको सम्बन्ध !’

काठमाडौं, ११ फागुन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुरा मिल्न नसेकेको सरकारमा सहभागी एक दलका प्रमुख नेताले खुलासा गरेका छन् ।
प्रधानमन्त्री ओलीले संविधानसभाबाट घोषणा भएको नयाँ संविधान र संविधानको पहिलो संशोधनपछि मधेसकेन्द्रित दलले उठाएका मुद्दा सम्बोधन भएको ठानेर नयाँदिल्लीमा दिएको प्रस्टीकरणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खण्डन गरेको सत्ता गठबन्धनका मुख्य सहयोगी एमाओवादी अध्यक्ष प्रचण्डले बताएका हुन् । ओलीले भ्रमण गर्दा पनि मोदी नसुध्रिएको उनले आरोप लगाए ।
प्रधानमन्त्री ओली नयाँदिल्लीबाट काठमाडौं नफर्कंदै प्रचण्डले भारतको दबाब वा निर्देशनमा राष्ट्रको स्वतन्त्रा, भौगालिक अखण्डता र सार्वभौमसत्तालाई बन्धकी राख्न नसकिने पनि बताए । प्रचण्डले ओली स्वदेश फर्किएपछि भारत भ्रमणमा भएका अन्तरंग कुराकानीबारे छलफल गर्ने जानकारी आफ्नो पार्टीका स्थायी समिति सदस्यहरुलाई दिएका छन् ।
सत्ता गठबन्धनमा रहेका दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिका संयोजक रहेका प्रचण्डले भारतबाट आपूर्ति व्यवस्था सहज भइसकेको भन्ने प्रधानमन्त्रीको दाबी अस्वीकार गरे । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget