रुप्सेमा आगोको मुस्लो देखिएको छ, हामी जाँदैछाैं: प्रहरी



म्यादी जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले रुप्से छहरा भन्ने स्थानमा आगोको मुस्लो देखिएको जानकारी आफूहरुले पाएको तर विमान दुर्घटना भएको वा अन्य कारणले अागलागी भएको हो त्यो एकिन हुन नसकेको बताएका छन्।

सेतोपाटीसंग खड्काले भने–स्थानीयबासीले आगोको मुस्लो देखिएको भनेर खबर गरेका छन्। तर विमान दुर्घटना भएर आगो लागेको हो वा अन्य कुनै कारणले आगो लागेको हो भन्नेबारे खुल्न सकेको छैन।’

खड्काका अनुसार स्थानीयबासीले रुप्से छहरामा आगो लागेको जानकारी गराएकाले प्रहरीको टोलीत्यसर्फ प्रस्थान गरेको छ। अहिले १९ जनाको प्रहरीको टोली रुप्से छहरा नजिक पुगेको उनले बताए।

खड्काले आफ्नै नेतृत्वमा अर्को एक प्रहरीको टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिए। उनले आगोको मुस्लो देखिएको भन्ने रुप्से छहरा पुग्न प्रहरीलाई सदरमुकामबाट चार घन्टा उकालो बाटो जानुपर्ने बताए।

उनले भने–प्लेन दुर्घटना भएको हो या होइन त्यो पुष्टि हुन सकेको छैन।

 (सेतोपाटी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget