फुटबल खेल्न नेपाललाई यो देशले दियो निम्तो

काठमाडौं, ११ फागुन । अबका दुई वर्षसम्म अन्तर्राष्ट्रिय फुटबलमा प्रतियोगिता विहिन बनेको नेपाललाई फुटबल खेल्न निमन्त्रणा आएको छ ।
खाडी देश मलेसियाको फुटबल संघले नेपालको राष्ट्रिय फुटबल टोलीलाई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा गरेको हो । नेपालको भागमा दुई वर्षसम्म कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नरहेको स्थितिमा आगामी मार्च २९ का दिन हुने खेलमा मलेसिया आएर खेल्न निमन्त्रणा आएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
मलेसियाको निम्तोको आधिकारिक निर्णय र टोलीको बारेमा आगामी बैठकमा थप छलफल गरेर निर्णय लिइने समेत एन्फाले जनाएको छ । केही समयअघि नेपालले भारतलाई उसकै घरमा हराउँदै २३ वर्षपछि साग फुटबलको उपाधि जितेको थियो ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget