नेपालका रमणीय दृश्यको भरपुर फाइदा उठाउन बलिउड कलाकारलाई प्रधानमन्त्री ओलीको आग्रह

प्रकाश सिलवाल,    मुम्बई (भारत), १२ फागुन, भारतको छ दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बलिउडका चलचित्र कलाकारले आज भेट गरेका छन् । मुम्बईस्थित होटल ग्रान्ड हायातमा बलिउड चलचित्र उद्योगका कलाकारहरु मनिषा कोइराला, गोविन्दा, मुरलीधर, उदितनारायण झा, तब्बु, बप्पी लहरी, बपीन अलीलगायतले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

Add caption
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालका प्राकृतिक सौन्दर्यलाई चलचित्रका पर्दामा उतारेर फाइदा उठाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो – “नेपालका हिमाल, झरना, नदीजस्ता रमणीय प्राकृतिक दृश्य चलचित्रमा प्रयोग हुनसक्छ ।”

प्रधानमन्त्री ओलीले नेपालमा ‘चलचित्र नगरी’ बनाउन तयारी थालिएको जानकारी दिँदै त्यसबाट फाइदा लिन बलिउडका कलाकारलाई सुझाव दिनुभयो । उहाँले भूकम्पपछिको राहत र उद्धार कार्यमा भारतीय कलाकारद्वारा प्रदत्त सहयोगप्रति कृतज्ञता पनि व्यक्त गर्नुभयो । यसअघि प्रधानमन्त्री ओली मुम्बईका उद्योगीसँगको छलफल कार्यक्रममा सहभागी हुनुभएको थियो ।

नेपालमा अब अस्थिरता नरहेको जानकारी दिँदै उहाँले भारतीय उद्योगीलाई नेपालमा लगानी गर्न आमन्त्रण गर्नुभयो । संविधानले सबै क्षेत्र एवम् समुदायको अधिकार सुनिश्चित गरिसकेकाले नेपाल अब लगानीका लागि अनुकूल रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओली आजै साँझ भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कंदै हुनुहुन्छ ।रासस
aajakokhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget