विमान दुर्घटनामा मृत्यु भएका १९ जनाको शव फेला पर्यो, दुर्घटनास्थलमा हिउँ पर्यो

बुधबार, १२ फागुन
म्याग्दी । विमान दुर्घटना भएको ठाउँ म्याग्दीको दाना गाविस– २ स्थित सोलीघोप्टे भिरमा १९ यात्रुको शव फेला पारिएको छ ।
नाम ठेगाना खुल्न नसकेका दुई बालबालिकाको शव चिन्न सकिने भएपनि अन्य यात्रुको शव डढेको अवस्थामा फेला परेको छ । भिरमा ठोक्किएर दुर्घटना भएको विमान पूरै जलेको र शव यत्रतत्र छरिएर रहेका घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालय दानाका प्रहरी जवान विजय शर्माले जानकारी दिनुभएको छ ।
“शव सङ्कलन गर्न हिमपातका कारण कठिनाइ भइरहेको छ,” उहाँले भन्नुभयो । दुर्घटनास्थलमा झरीसँगै हिमपात भइरहेकाले उद्धारका लागि आएको नेपाली सेनाको हेलिकोप्टर अवतरण गर्न नसकेर फर्किएको छ ।
अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीको टोली सक्रिय छ । सेनानी सञ्जीव दाहाल नेतृत्वको नेपाली सेनाको ३० जनाको टोली एक घन्टा वरको दाना गाविसकै हार्मेमा शिविर खडा गरेर बसेको छ । “तत्काल खोँचमा अन्य शव खोज्न सकिने स्थिति छैन,” प्रहरी जवान शर्माले भन्नुभयो ।
दाना प्रहरी चौकीका प्रहरी जवान फुलकुमार थापा र स्थानीय बासिन्दाले आज दिउँसो सम्पर्कविहीन विमान फेला पारेका थिए । आज बिहानै उद्धारका लागि गएका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, प्रहरी नायब उपरीक्षक विश्वराज खड्कासहितको टोली अझै दुर्घटनास्थलमा पुग्न सकेको छैन ।
आज बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेको ९ एनएएचएच ट्वीनअटर विमानमा दुई बालबालिकासहित २० यात्रु र चालकदलका तीन सदस्य थिए ।
nepalsandesh

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget