यदि युद्द भइ हालेमा कुन देशमा आक्रमण गर्न मुश्किल पर्दछ?

इतिहासलाई हेर्ने हो भने विश्वका कतिपय देशहरू विश्वयुद्धको चपेटामा परे भने कतिपयले सोहि युद्धबाट कीर्तिमान कायम गरे। जुन देशको आन्तरिक राजनैतीक, सैनिक अनि भौगोलिक पक्ष बलियो थियो, त्यो देशले विश्वयुद्धमा बढि जित हासिल गर्न सफल भयो।

तर, अहिलेको स्थितिमा हेर्ने हो भने जुन देशमा उच्च प्रविधिका हातहतियारहरू छन् अनि जुन देशको सैन्य शक्ति बलियो छ त्यहि देशले जित हासिल गर्ने सम्भावना बढि हुन्छ।

मानौँ कि विश्वका अन्य देशहरूमा आक्रमण भएमा कुन देशमा आक्रमण गर्न सबैभन्दा मुश्किल पर्न सक्ला?

१. स्विजरल्याण्ड

हिमालय पर्वतहरूले घेरेको स्विजरल्याण्डले वर्षौँदेखि नै आक्रमणकारीहरूलाई टाढा राख्न सफल भएको छ।

हिमालको बाटो बन्द गरिदिएपछि जस्तो सुकै आक्रमणबाट पनि बच्न सकिने ‘नेशनल रिडाउट’ योजनालाई यस देशले १९औँ शताब्दी देखि नै पछ्याउँदै आएको छ। दोश्रो विश्वयुद्धपछि पनि सोभियत सङ्घले स्विजरल्याण्डमा आक्रमण गर्ने शङ्का बढेपछि उनीहरूले यहि योजनालाई लागू गरेका थिए ।


यदि कथमकदाचित कसैले यस देशमा आक्रमण गर्ने हिम्मत गरिहाल्यो भने पनि सारा हिमाल, पहाड, पुल र सडकमा बिच्छ्याइएको बारुदले आक्रमणकारीहरूलाई आक्रमण गर्नुभन्दा पहिल्यै नै तितरबितर पारिदिन्छ। साथै, हिमालको सतहभित्र कैयौँ सुरुङ, बङ्कर अनि साना-साना कोठाहरू निर्माण गरिएको छ जहाँ सेनाको सम्पूर्ण डिभिजन नै अटाउन सक्दछ।

स्विजरल्याण्डमा करीब १ लाख ५० हजार सैनिकहरू उपलब्ध छन् र यदि यहाँ कसैले आक्रमण गरिहाल्यो भने पनि लगभग ४० लाख लडाकुहरू तुरुन्तै लडाईको लागि तयार हुन सक्छन्। मतलब एकैछिनमा देशका सारा हट्टाकट्टा नागरिकहरू युद्ध गर्न आइपुग्छन्।

२. न्यूजील्याण्ड

न्यूजील्याण्ड टापुबाट नजिक पर्ने जमीन भनेको १००० मील परको अष्ट्रेलिया नै हो। फेरि अष्ट्रेलिया पनि एसियाबाट कहाँ नजिक छ र? त्यसैले न्यूजील्याण्डमा आक्रमण गर्नकै लागि सेना पठाउनु भनेको लगभग असम्भव नै हुन जान्छ।


यदि आक्रमण नै गर्ने हो भने अष्ट्रेलियाबाट सुरु गर्न सकिन्छ, तर फेरि सुरु गर्न सजिलो छ अन्त्य गर्न गाह्रो। किनभने यहाँको भौगोलिक बनावट र भीषण मौसमको कारणले गर्दा आक्रमणकारीहरूलाई बेफाइदा मात्रै हुन जान्छ।

आक्रमण गर्ने नसकिने टापुको सूचीलाई हेर्ने हो भने ‘आइसल्याण्ड’ टापु प्रथम स्थानमा पर्दछ। किनभने यो उत्तरी एटलान्टिकको बीचमा पर्ने टापु हो, साथै त्यहाँ जहाज बिसाउने बन्दरगाहहरू पनि छैनन्। भएन भनेर त्यहाँका जग्गा जमिनहरू हिमाल र लाभाले मात्रै भरिएका छन्।

३. रुस

इतिहासबाटै प्रमाणित हुन्छ कि रुसमा आक्रमण गर्नु मूर्खता जस्तै हुन जान्छ। यसको विशाल क्षेत्रफलले गर्दा मात्रै पनि त्यहाँ आक्रमण गर्नु मुश्किल मात्रै होइन असम्भव छ।साथै त्यहाँको असन्तुलित मौसम- गर्मी मौसममा उद्दुम गर्मी अनि जाडो मौसममा हिउँभन्दा चिसो हुने कारणले गर्दा रुसमा आक्रमण गर्न मुश्किल पर्दछ। अझै त्यहाँको भौगोलिक बनावटलाई त बिर्सने कुरै भएन, जहाँ ठूल्ठूला हिमाल, विशाल जङ्गल, दलदले अनि नदी नै नदी।


रुसी सैनिकको त कुरै नगरौँ। यस्तो लाग्छ कि उनीहरू युद्धकै लागि जन्मिएका हुन्। हजारौँ वर्षदेखि उनीहरू युद्धमा सामिल हुँदै आएको इतिहास छ।
channelnp

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget