गुजरात पुगे ओली, धूमधामसँग गरियो स्वागत

काठमाडौं, फागुन ११ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली मंगलबार बिहान गुजरात पुगेका छन् । एयर इन्डियाको विमानबाट उनी गुजरात पुग्दा विमानस्थलमा विशेष स्वागत गरिएको थियो ।
गुजरात राज्य सरकारले उनको स्वागतमा पञ्चकन्यासहित सांस्कृतिक झाँकी प्रदर्शन गरेको थियो ।
सो राज्यको भुजमा भूकम्पपछिको पुनर्निर्माणको अवस्थाबारे जानकारी लिने उद्देश्यले ओली त्यहाँ पुगेका हुन् ।
ओलीलाई त्यहाँका गभर्नर ओपी खोलीले स्वागत गरेका थिए । भुज क्षेत्रको भ्रमणसँगै प्रधानमन्त्री ओलीले त्यहाँका मुख्यमन्त्री आनन्दी वेन पटेलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनी आज बेलुका गुजरातबाट विशेष विमानमार्फत् भारतको आर्थिक राजधानी मुम्बई जाने कार्यक्रम छ । त्यहाँबाट उनी भोलि नेपाल फर्कने कार्यक्रम छ ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget