तारा एयर दुर्घटना : विकेशलाई सकुशल घर फर्काउन परिवार अझै प्राथना गर्दै

अधुरै रह्यो विवाहको योजना
काठमाडौं – बुधबार दुर्घटनामा परेको तारा एयरलाइन्सको विमानका को पाइलट थिए ललितपुरका विकेश एमफूल । अपरान्ह विकेशको ललितपुर पाटनढोका स्थित रातोबंग्ला नजिकै उनको घरमा रातोपाटी टिम पुग्दा उनको परिवारलाई विकेशको विमान सम्पर्क विच्छेद भएको खबर मात्र थाहा थियो । कसैले दुर्घटनाको दुःखद् परिणाम अझ सम्झाउन सकेका थिएनन् ।
विकेश दुघर्टनामा परेको भन्दै परिवारका सदस्य र आफन्तहरु शिघ्र स्वास्थ्य लाभको कामना गर्दै एउटा कोठामा जम्मा भएर प्रार्थना गरेर बसिरहेका थिए ।

एक आफन्तले भने, ‘विकेशलाई भगवानले अवश्य बचाउनेछन् । भगवानसंग हामीले यही प्रार्थना गरिरहेका छौं । भगवानको चमत्कारको आशमा हामी प्राथना गरिरहेका छौं । उसलाई भगुवानले बचाउनु हुन्छ भन्ने हामी पुर्ण विश्वासमा छ । भगवानले चमात्कार देखाए विकेश घर फर्केर आउने छ ।’
२९ वर्षीय विकेश एमफूल कोपाइलटको रुपमा तारा एयरलाइन्समा गत बर्षदेखी काम गर्दै आएका थिए । उनले सन् २०१४ मा साउथ अफ्रिकाबाट उडान कोर्स गरेका थिए । गत शनिबार मात्रै उनी परिबारसँगै शालीनदी गएका थिए ।
विकेशका आमा, दुई दिदी र एक बहिनीका छन् । ललितपुर माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका उनले अमृत साईन्स क्यापसमा आइएस्सी पास गरेका हुन् ।
बैशाखमा उनको विहेको तयारीका लागी पछिल्लो समय उनका परिवार र आफन्तहरु  तयारी गर्दै आएका थिए ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget