विश्वकप क्रिकेटः नेपालले चार विकेट गुमायो

काठमाडौं, २८ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपाल र नामिबियाबीच ‘प्ले अप’ खेल जारी छ ।
बंगलादेशको फतुल्लाह मैदानमा २२६ रनको लक्ष्य पछ्याइरहेको नेपालले २३ ओभरको समाप्तिमा ४ विकेट गुमाएको छ । नेपालका ओपनर शंकर राना २ रनमा आउट भए ।
दोस्रो विकेटका रुपमा सुनील धमला ५९ रन बनाएर आउट भए । उनले ६३ बलमा ९ चौका हाने । तेस्रो विकेटका रुपमा कप्तान राजु रिजाल १ रनमा आउट भए । चौथो विकेटका रुपमा उपकप्तान योगेन्द्र कार्की ३५ रनमा आउट भए । उनले ६४ बल खेलेर ५ चौका हानेका छन् ।
यो समाचार तयार पार्दासम्म नेपालले २६ ओभरको खेलमा ११३ रन बनाएको छ । अहिले क्रिजमा आरिफ शेख र दिपेन्द्र ऐरी रहेका छन् ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget