उत्तरी भारतमा प्रहरीले आन्दोलनकारीमाथि गोली चलायो,आठ जनाको मृत्यु

आइतबार, ९ फागुन
एजेन्सी । उत्तरी भारतमा सरकारले जातीय उत्थानलाई बढावा दिन र पिछडिएका जाति तथा समुदायलाई थप सहुलियत कोटा (कास्ट कोटा बेनिफिट्स) मा वृद्धि गर्न दबाब सिर्जना दिन गरिएको आन्दोलनले प्रहरीले गोली चलाएको छ ।
शुत्रबारबाट सुरु भएका जातिय आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको जनाएको छ।
प्रहरीको गाली लागी अहिले सम्म आठ जना आन्दोलनकारीको मृत्यु भएको बिबिसीले जनाएको छ ।
हरियाणा राज्यको रोहतकमा आन्दोलनकामा सहभागी हजारौँ ‘जात एग्रिकल्चरल कम्युनिटी’ ले आफूहरुलाई सरकारद्वारा उपलब्ध गराउँदै आएको रोजगारी र विश्वविद्यालयमा अध्ययन गर्नका लागि थप कोटा छुट्याउनुपर्ने भन्दै आन्दोलन सुरु गरेका हुन् ।
प्रहरी र आन्दोलनकारी बिच झडप हुदा आन्दोलकारीको जयान गएको स्थानिय सञ्चारमाध्यमले जनाएका छन । झडपमा दुवैतर्फ गरी सयौको सख्यामा घाइते भएको स्थानीय टेलिभिजन च्यानलले जनाएका छन् ।
आन्दोलनले व्यापकरुप लिन थालेपछि प्रान्तीय राज्यका अधिकारीले अर्धसैनिक बल प्रयोग गरेर भए पनि स्थितिलाई छिट्टै नियन्त्रणमा लिन निर्देशन दिएपछि सुरक्षाकर्मीले आन्दोलनविरुद्ध बल प्रयोग गरेको हो ।
nepalsandesh

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget