गुजरातबाटै ओलीले नेपाल देखे…

जरात, ११ फागुन– भूकम्पपछिको पुनःनिर्माणको नमुनाको रुपमा रहेको भारतको गुजरात राज्यको भुजमा गएर प्रधानमन्त्री केपी शर्मा ओलीले भुजको जस्तै नेपालमा पनि छिट्टै पुनःनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भुजको भिमासर जिल्लामा आयोजना गरिएको कार्यक्रममा बोल्दै ओलीले भुजमा भएको पुनःनिर्माण अभियानबाट आफू प्रभावित मात्र नभई धेरै सिकेको भन्दै आफ्नो भुजसँग साइनो गाँसिएको बताए ।
उनले आफू बुद्ध र पशुपति नाथको देशबाट आएको उल्लेख गर्दै त्यहाँका स्थानीय बासिन्दालाई ऋषिमूनीको देश नेपालको भ्रमण गर्न निम्ता पनि दिए ।
ओलीले आफ्नो जन्मदिनको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी आमाले शुभकामना दिएको उल्लेख गर्दै मोदीले मात्रै नभई मोदीको जन्मभूमि गुजरातमा समेत आफूलाई स्वागत भएकोमा खुसी व्यक्त गरे ।
आफ्नो भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको उल्लेख गर्दै उनले भने, ‘नेपाल भारत सम्बन्ध गाढा छ, हरेक क्षेत्रमा छ, छुट्टीनै सकिदैन । अनुहार र भाषा पनि एउटै छ । मैले गुजरातमा नेपालीपन देखे ।’
उनले नेपालमा समावेशी संविधान जारी भएपछि अब विकास र पुनःनिर्माणको यूग सुरु भएको भन्दै भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आब्हान समेत गरे ।
प्रधानमन्त्रीले भुजमा रहँदा त्यहाँका जनताहरुलाई भेट्नुका साथै पुनःनिर्माण भएका घर घरमा गएर त्यसको अवलोकन गरेका थिए ।
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget