फुटबलका स्वर्ण पदक विजेता खेलाडी प्रकाश बुढाथोकीलाई गाउँमा सम्मान


सोमबार १० फागुन, २०७२
प्रकाशलाई गाउँमा सम्मान
धरान- अरू बेला उनी तात्कालीन विष्णुपादुका गाविसको पटनालीस्थित घरमा आउनु–जानु समान्य हुन्थ्यो। उनको परिचय एक फुटबल खेलाडीको रूपमा मात्रै थियो। केही दिनयता भने अभिभावकसँगै पूरै गाउँलाई उनको आगमनको तीव्र प्रतीक्षा थियो।

साग फुटबलका स्वर्ण पदक विजेता खेलाडी प्रकाश बुढाथोकी घर आउने खबरले आइतबार गाउँमा रौनक छायो। बिहानैदेखि गाउँले उनको स्वागतमा ब्यानर, फूलमाला र अबिर बोकेर तम्तयार थिए। घरको आँगन टेक्नै नपाई बुढाथोकीलाई छरछिमेक र गाउँलेले भव्य स्वागत गरे। 'आफ्नै गाउँमा यस्तो स्वागत, सम्मान पाउँदा ज्यादै खुसी छु। यही ठाउँबाट मैले फुटबल खेल्न थालेको हो,' प्रकाशले भने।

उनको घर धरान बजारबाट करिब ४ किलोमिटर पश्चिम वडा नम्बर २७ मा पर्छ। विष्णुपादुका गाविस गतवर्ष समायोजन भएपछि पटनाली पनि धरान उपमहानगर भएको हो। १२औं दक्षिण एशियाली खेलकुद (साग) फुटबलको फाइनलमा फ्रि किकमा दर्शनीय गोल गर्नुका साथै उनको पासमा नवयुग श्रेष्ठले दोस्रो गोल गरेका थिए।

नेपाली सेनाबाट अवकास पाइसकेका कमल र सुशीला बुढाथोकीका एक्लो छोरा हुन्, प्रकाश। सागपछि छोराको कारण दुवैलाई बधाईको ओइरो छ। 'चिनजान नभए पनि तपाईंको छोराले देशकै गौरव बढायो भन्दै बधाई आइरहेको छ,' आमा सुशीलाले भनिन्। आइतबार घर पुगेका प्रकाशलाई वडा नागरिक मञ्च, विष्णु स्पोर्टिङ क्लब र ज्वालामुखी माविले संयुक्त रूपमा सम्मान गरे।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget