म्याग्दीको नारच्याङस्थित अन्नपूर्ण साउथ हिमालको फेदीमा भीषण सुख्खा पहिरो ; पाँचजना सम्पर्कविहीन

म्याग्दीको नारच्याङ गाविस १ स्थित अन्नपूर्ण साउथ हिमालको फेदीमा भीषण सुख्खा पहिरो गएको छ ।
गतराति १२ बजेदेखि निरन्तर गएको पहिरोका कारण निस्किएको धुलोले नारच्याङ, दाना, भुरु तातोपानी, शिख, घार र दोवा गाविसको जनजीवनलाई कष्टकर बनाएको छ । नारच्याङ लेकगाउँबाट पहिरो गएको क्षेत्रमा निगालो काट्न गएका पाँच जना सम्र्पक विहीन भएका छन् । पहिरो गएको ठाउँ वरपर धुलोले हिडडुल गर्न समस्या भएको छ ।

उद्धार र पहिरोको निरीक्षण गर्न गएको प्रहरी र नेपाली सेनाको टोली बाटो नहुँदा सम्बन्धित ठाउँमा पुग्न नसकेको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । प्रहरीका अनुसार नारच्याङ ५ लेकगाउँका टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, ६ का हुकुम पुन र ४ का टरबहादुर फगामी सम्र्पक विहीन भएका छन् । उनिहरु सोमबार दिउँसो निगालो काट्नका लागि अन्नपूर्ण साउथ हिमालको फेदीमा रहेको जंगलमा गएका थिए । टेलिफोन सम्र्पक नहुने, खोँच र धुलोका कारण उनिहरुको खोजी तथा पहिरोको अध्ययनका लागि गएको स्थानीयबासी र सुरक्षाकर्मीको टोली समस्यामा परेको प्रनाउ खड्काले बताउनुभयो । सीमा प्रहरी चौकी भुरुङ तातोपानी, दाना प्रहरी चौकी र नेपाली सेनाको नारच्याङ स्थित बेस क्याम्पबाट पहिरो गएको क्षेत्रमा जान हिडेको टोली निर्माणाधीन घलेम्दी जलविद्युत आयोजनाको बाँधमा पुगेर रोकिएको छ । निरन्तर पहिरो गैरहेको र धुलोले छिमेकको घर पनि देख्न नसकिने अवस्था रहेको नारच्याङ स्थित प्रभा माविका प्रधान अध्यापक तेजबहादुर गुरुले जानकारी दिनुभयो । धुलोका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घलेम्दी जलविद्युत आयोजनाका कामदारहरु राति नै क्याम्प छाडेर नारच्याङ लेकगाउँमा गएर बसेका छन् ।
 News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget