मधेसी मोर्चालाई ३७ लाख ऋण, सरकारसँग पैसा माग !

काठमाडौं, १२ फागुन । तराई मधेस आन्दोलन क्रममा घाइतेको उपचार खर्च सरकारले नदिँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई करिब ३७ लाख रुपैयाँ ऋण लागेको छ ।
नयाँ संविधानप्रति विमत्ति जनाउँदै ६ महिनादेखि जारी आन्दोलनमा घाइतेको काठमाडौंमा उपचारका हकमा मात्रै उक्त रकम बराबरको ऋण लागेको हो ।
सद्भावना अध्यक्ष राजेन्द्र महतोले आन्दोलनका क्रममा घाइतेलाई खर्च दिने प्रतिवद्धता गर्ने सरकारले आफ्नै निर्णय कार्यन्वयन नगर्दा घाइतेले अझै उपचार खर्च नपाएको बताए । उनले सरकारले अहिलेसम्म आन्दोलनमा घाइते भएकालाई एक रुपैयाँ पनि सरकारले सहयोग नगरेको बताएको समाचार नागरिक दैनिकले छापेको छ ।
उनले मोर्चाका नेताले व्यक्तिगत तहमा रकम उठाएइ उनीहरुको खर्च बेहोर्ने काम गरिरहेको बताए ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषद्ले दुई दुई पटक घाइतेको उपचार खर्च बेहोर्ने निर्णय गरेका थिए
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget