नेपाल भारत सम्झौतापछि चिनियाँ मिडियाको शालिन हेडलाइन


९ फागुन, काठमाडौं ।

नेपाल र चीनबीच कुनै प्रकारको निकटता बढ्यो भने भाारतीय मिडियामा अनौठो तरंग देखिने गर्छ । भारतीय मिडियाले नेपालबाट आफ्नो देशविरुद्ध षडयन्त्र गरिरहेको भन्दै समाचार हेडलाइन बनाउन थालिहाल्छन् ।

तर चिनियाँ मिडियामा भने अनौठो शलिनता देखिएको छ । ओलीको भारत भ्रमणको क्रममा भारतसँग भएको सम्झौतालाई चिनियाँ मिडियामा कुनै बढाइ चढाइ गरिएको छैन ।


चीनका सञ्चार माध्यले सामान्य हेडलाइन समाचार बनाएर नेपाल र भारतबीच सम्झौता भएको उल्लेख गरेका छन् ।



चीनको राष्ट्रिय समाचार समिति सिन्हुवाले नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच हैदरवाद हाउसमा भएको सम्झौता हस्ताक्षरको विषयमा सामान्य हेडलाइन बनाएको छ । २ देशबीच सम्बन्ध सुधारका लागि सम्झौता भएको समाचारमा उल्लेख छ ।


भारतबाट विजुली ल्याउने र नेपालको भूकम्पपछिको पुनः निर्माणमा भारतको सहयोगबारे सम्झौता भएको भन्दै सामान्यरुपमा समाचार प्रस्तुत गरिएको देखिन्छ ।
 nepaliheadlines

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget