अन्ततः ओलीको अडानले दिल्लीमा मोदीको घमण्ड चकनाचुर !

काठमाडौं, १२ फागुन । ६ दिने भारत भ्रमणका क्रममा फागुन ७ गते भारत गएका प्रधानमन्त्री केपी शर्मा ओली आज राति स्वदेश फर्किदैछन् ।
भारतमा रहँदा ओलीले नेपालको शीर ठाडो पार्न थुप्रै प्रयास गरेका छन् । जसमध्येको एउटा उनको चट्टानी अडान भएको बताइन्छ ।
भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपालमा बनेको नयाँ संविधानको स्वागत त गरे तर, ‘परन्तु’ भनेर असन्तुष्टि पनि जनाएका थिए ।
सांकेतिक रुपमा असहमति जनाएको विषयलाई धेरै खासै महत्व दिएनन् र धेरैले बुझेनन् । विश्वमा भ्रमणका बेला दुई देशका राष्ट्रप्रमुखबीच संयुक्त विज्ञप्ति निकाल्ने चलन पनि छ ।
यो विज्ञप्ति निकाल्न भारतले भित्रैदेखि चाँहेको थियो । र उक्त विज्ञप्तिमा भारतले संविधानमा असन्तुष्टि जनाउने संकेत दिइसकेको थियो । तर, प्रधानमन्त्री ओलीले नमानेपछि नेपाल र भारतको संयुक्त विज्ञप्ति नआउने भएको हो ।
संविधानको स्वागत नगरेसम्म विज्ञप्तिमा हस्ताक्षर नगर्ने अडान प्रधानमन्त्री ओलीले लिएपछि भारतको चाहना तुहिएको हो । दिल्लीमा रहेका पत्रकार ऋषि धमलाले अब संयुक्त विज्ञप्ति आउने सम्भावना नरहेको बताए ।
गत शनिबार हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएपछि संयुक्त विज्ञप्तिको तयारी गरिएको थियो ।
तर, भारतले नेपालको नयाँ संविधानलाई स्वागत गरेको प्रष्ट रुपमा उल्लेख गर्न नचाहेपछिसहमति जुट्न सकेन । नेपालको अडान भने संविधानको स्वागत गर्नुपर्ने थियो । नेपालको अडानका भारत र मोदीको घमण्ड पनि तोडिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भारत भ्रमण सकेर अहिले साँझ ८.१० मा काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले पनि अब संयुक्त विज्ञप्ति आउने सम्भावना नरहेको बताए । उनले दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरिसकेकाले संयुक्त विज्ञप्ति निकाल्नुपर्छ भन्ने नै नरहेको बताए ।
dainiknepal-

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget