१२ औ सागमा सहभागी जुडोकर्मीहरु नगद पुरस्कारसहित सम्मानित

१२ औ दक्षिण एसियाली खेलकुद सागमा पदक विजेता जुडो खेलाडी र सहभागी जुडोकर्मीहरु सम्मानित भएका छन् । नेपाल जुडो संघले नगद पुरस्कारसहित उनीहरुको सम्मान गरेको हो ।


संघले मङगलबार राष्ट्रिय खेलकुद परिषदमा एक कार्यक्रमको आयोजना गरी खेलाडीलाई बधाई दिदै प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरेको छ । संघले स्वर्ण पदक विजेता फुपु लामु खत्रीलाई ५० हजार नगद प्रदान गरेर सम्मान गरेको छ । यसैगरी रजत पदक विजेता मोनिका श्रेष्ठ प्रधान र लीला अधिकारीलाई ३० हजार नगद पुरस्कारबाट सम्मान गरेको छ । प्रतियोगितामा काँश्य पदक विजेता ६ जना खेलाडीहरु सरिता चौधरी, गंगा चौधरी, पुनम श्रेष्ठ, इन्द्र बहादुर श्रेष्ठ, रमेश मगर र शिव बहादुर बरामले २०–२० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । संघले प्रशिक्षक दलबहादुर गुरुङ र इन्द्र डंगोललाई पनि जनही २० हजार प्रदान गरेर सम्मान गरेको छ । जुडोका ब्यवस्थापक देवु थापा र गंगा बहादुर खड्कालाई पनि सम्मान स्वरुप जनही १५ हजार रुपैयाँ प्रदान गरिएको छ । गत साता भारतको दुई शहर सिलोङ र गुवाहटीमा सम्पन्न १२ औ सागमा जुडोबाट नेपाललाई एक स्वर्ण, दुई रजत र ७ कास्य पदक प्राप्त भएको थियो । जुडोका बिजेता प्रशिक्षक र व्यवस्थापक सबैलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्टले पुरस्कार प्रदान गर्नु भएको थियो ।

News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget