अब प्लस टुका सबै बिद्यार्थी पास, नतिजा ग्रेडिङ प्रणालीबाट

फाल्गुन ११, २०७२- उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को नतिजा लेटर ग्रडिङ प्रणलीबाट सार्वजनिक गर्ने निर्णय गरेको छ ।

यसपालीको एसएलसी ग्रेडिङबाट उत्तिर्ण भइ कक्षा ११ मा भर्ना भएका विद्यार्थीको मुल्यांकन ग्रेडिङ प्रणालीबाट गर्न लागिएको हो ।

शिक्षामन्त्री गिराराजमणी पोखरेलको अभ्यक्षतामा सोमबार बसेको परिषदको बैठकले प्लस टूमा पनि ग्रेडिङ प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

निर्णय कार्यान्वयनका लागि परिषदका प्राविधिक महाशाखा प्रमुख दुर्गा अर्यालको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको छ । यो समितिले कतिवटा ग्रेड कायम गर्ने तथा ग्रेडको आधारमा विद्यार्थीको मुल्यांकन कसरी गर्ने लगायतको सुझाव दिने छ ।

सरकारले यसै वर्षदेखि एसएलसीको नतिजा ग्रेडिङ प्रणलीबाट सार्वजनिक गर्दैछ । एसएलसीमा नौवटा श्रेणी बनाएको छ । यस्तै एकसाता अघि मात्रै सिटिईभिटीले पनि ग्रेडिङ प्रणाली अप्नाउने निर्णय गरेको थियो । सिटिईभिटीले एसएलसीमा अंग्रेजी, गणित र विज्ञान विषयमा सी श्रेणी ल्याएका विद्यार्थीलाई डिप्लोमा तहको कार्यक्रम अध्ययन गराउने निर्णय समेत गरेको छ । तर, स्वास्थ्य विषयका लागि समग्रमा सी श्रेणी ल्याएकै हुनुपर्ने व्यवस्था गरेको छ ।

उच्च माध्यमिक शिक्षा परिषदले भने कुन ग्रेडको विद्यार्थी लिने भन्ने निर्णय गरिसकेको कुन ग्रेडको विद्यार्थी लिने भन्ने निर्णय गरिसकेको छैन । यो निर्णय प्राविधिक समितिको सिफारिसको आधारमा हुने परिषदका उपाध्यक्ष चैतन्य शर्माले बताए ।

‘हामी डि र इ श्रेणीका विद्यार्थी लिदैनौा,’ उनले भने, ‘तर आधिकारिक निर्णय भइसकेको छैन । छिट्टै हुन्छ ।’

हिजो बसेको परिषदको बैठकले यसवर्षदेखि खुल्ला/दुरशिक्षा पद्दतीबाट कक्षा ११ र १२ को कक्षा संचालन गर्ने निर्णय गरेको छ । यसका लागि शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । समितिलाई एक महिना भित्र खुल्ला विद्यालय कसरी संचालन गर्ने कार्यविधि बनाएर पेश गर्न समयावधी तोकिएको छ ।


kantipur

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget