‘बाबुरामले बुढेसकालमा सम्बन्ध विच्छेद गरेर नयाँ श्रीमती भित्र्याए !’-यस्तो हल्लीचल्ली !

वैचारिक र सैद्धान्तिक अपराध गरेको प्रचण्डको आरोप
काठमाडौं, १० फागुन । नयाँ शक्ति अभियान नेपालका संयोजक हुन बाबुराम भट्टराई । एमाओवादी छाडेपछि स्वतन्त्र भएका बाबुरामले केही दिनअघि मात्रै नयाँ शक्तिको औपचारिक घोषणा गरेका थिए । जसमा थुप्रै नेता र बुद्धिजिवी संलग्न छन् ।
बाबुरामले नयाँ शक्ति खोल्दै गर्दा यता एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आगो बनेका छन् । उसो पार्टी छाडेकै दिनदेखि प्रचण्ड र बाबुरामबीच आरोपप्रत्यारो चलिरह्यो ।
त्यही क्रममा आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले बाबुरामलाई दुई वटा आरोप लगाए । पहिलो बाबुराम ‘राष्ट्रद्रोही’ हुन् । उनले नयाँ शक्ति सफल भए देश खतरामा फस्ने चेतावनी पनि दिए ।
त्यसपछि पार्टीका करिब २ हजार कार्यकर्ताका अगाडि प्रचण्डले ४ दशक सँगै काम गरेका बाबुरामलाई दोस्री श्रीमती भित्र्याएको आरोप लगाए । दोस्री श्रीमतीकै कारण एमाओवादी छाडेको सम्म भने ।
उनले भने- ‘पार्टी परित्याग गरेर बाबुराम नयाँ शक्तिमा लाग्नु बुढेसकालमा सम्बन्ध विच्छेद गरेर नयाँ श्रीमती भित्र्याएजस्तै हो ।’
पार्टी परित्याग गरेर बाबुरामले वैचारिक र सैद्धान्तिक अपराध गरेको आरोप समेत प्रचण्डले लगाए ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget