नेपाल माल्दिभ्ससँग भिड्दै, नवयुगको गोलले नेपालको अग्रता (LIVE भिडियो)|


काठमाडौं, माघ ५ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले अहिले माल्दिभ्ससँग खेलिरहेको छ । मध्यान्तरसम्म नेपाल १–० ले अगाडि रहेको छ ।

मध्यान्तरअघि नै नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई प्रारम्भिक अग्रता दिलाएका हुन् ।

प्रतियोगिताको समूह ‘ए’को उप–विजेताकारूपमा नेपालले समूह ‘बी’को विजेता माल्दिभ्सलाई प्रतिद्वन्द्वी पाएको हो ।

नेपालले समूह चरणमा बंगलादेश र मलेसियाको फेल्डा युनाइटेड क्लबसँग गोलरहित बराबरी खेल्दा श्रीलंकालाई १–० ले हराएको थियो ।

यो खेलको विजेताले फाइनलमा शुक्रबार बहराइनसँग खेल्नेछ । सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले स्तव्ध पार्दै बहराइन फाइनलमा पुगेको हो ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget