भारतद्वारा अष्ट्रेलियासामु ३०९ रनको चुनौति



अष्ट्रेलियाविरुद्ध शतक प्रहार गरेपछि भारतीय ब्याट्सम्यान रोहित शर्मा। तस्बिर: क्रिकइन्फो
दोस्रो एकदिवसीय क्रिकेटमा भारतले अष्ट्रेलियालाई ३०९ रनको चुनौति दिएको छ।
अष्ट्रेलियाको भ्रमणमा रहेको भारतले ब्रिस्बनमा रोहित शर्माको १२४ रनसँगै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०८ रन बनायो। भारतले टस जितेर ब्याटिङ रोजेको थियो।
पहिलो एकदिवसीयमा अविजित १७१ रन बनाएका शर्माले आजपनि उल्लेखनीय प्रदर्शन गरे। उनले १२७ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै १२४ रन बनाए।
अजिन्क्या रहाने ८९, विराट कोहली ५९ र कप्तान महेन्द्र सिहं धोनी ११ रनमा आउट भए। तर अन्य भारतीय ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।
शिखर धवन र मनिष पाण्डे ६-६ रन बनाएर आउट भए भने रविन्द्र जडेजा ५ रनमाआउट भए। रविचन्द्रन आश्विनले १ रन बनाए भने उमेश यादव खाता नै नखोलि अविजित रहे।
पर्थमा भएको पहिलो एकदिवसीयमा अष्ट्रेलियाले पाहुना टोली भारतलाई ५विकेटले हराएको थियो।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget