ब्रह्माण्डमा भयानक विस्फोट, सूर्यभन्दा पाँच गुणा ठूलो सुपरनोभा भेटियो


एजेन्सी – खगोलविद्ले अहिलेसम्मकै सबैभन्दा ठुलो सुपरनोभा पत्ता लगाएका छन् । ठुलो ताराको इन्धन जब सकिदै जान्छ, तब तारा एकैपटकमा सकिने वा बिलाउने गर्दैन। यस्तो अवस्थाको तारा आफैमा विस्फोट हुन्छ। यसैलाई सुपरनोभा भनिन्छ। सुपरनोभा अन्तरिक्षमा हुने सबैभन्दा ठुलो विस्फोट हो, जुन एक दुर्लभ खगोलिय पनि घटना हो।

विस्फोट भइरहेको तारा पहिलो पटक अघिल्लो वर्षको जून महिनामा देखिएको थियो, यसबाट अहिलेसम्म उर्जा निस्किरहेको छ । आफ्नो चरममा यो सुपरनोभा सामान्य सुपरनोभा भन्दा २०० गुणा शक्तिशाली थियो र यो सुर्य भन्दा ५७० अरब गुणा चम्किरहेको छ ।
अन्तरिक्षमा भेटिएको यो सुपरनोभा निकै तेज गतिमा घुम्दै छ। साथै यसको गति बिस्तारै कम हुने प्रक्रियामा छ, यसै प्रक्रियामा यसबाट निस्किएको ग्यास र धुलो मार्फत यसले अपार उर्जा निकालिरहेको छ।
सुपरनोभाको खोज समूहमा काम गरिरहेका ओहायो स्टेट युनिभर्सिटीका प्रोफेसर क्रिस्टोफर कोचामक भन्छन्, यो सुर्य भन्दा पाँच(छ गुणा ठुलो छ र १० हजार किलोमोटर प्रति सेकेन्डको गतिले यसबाट ग्याल र धुलोको कण बाहिर निस्कदै छ।’ यदि यो सुपरनोभा १०,००० प्रकाशवर्ष मात्र टाढा भएको भए यस्तो चम्किलो देखिने थियो।
अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मानिएको यो सुपरनोभाको खोज ‘स्काई अटोमेटेड सर्भे फर सुपरनोभा’ले पृथ्वीबाट करिब ३.८ अरब प्रकाशबर्ष टाढा गरेको हो। (प्रकाशले एक सेकेन्डमा करिब ३ लाख किलोमिटर यात्रा गर्छ, प्रकाशको गतिमा सो सुपरनोभासम्म पुग्न करिब ३.८ अरब वर्ष लाग्छ।)  विस्फोट हुनुभन्दा अघि यो सुपरनोभाको मुल तारा सुर्य भन्दा करि ५० देखि १०० गुणा ठुलो रहेको अनुमान गरिएको छ।
यस ब्रह्माण्डको विकास कसरी भयो भन्ने तथ्य पत्ता लगाउँन खगोलविद्हरु सुपरनोभालाई निकै महत्व दिएर अध्ययन गर्दछन् । यस जानकारी बिबिसीमा उल्लेख गरिएको छ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget