एक हप्तापछि वीरगन्ज बजार पुनः बन्द

वीरगन्जमा मोर्चाका कार्यकर्ताले बालेको टायर ।वीरगन्जमा मोर्चाका कार्यकर्ताले बालेको टायर ।
वीरगन्ज–मधेस आन्दोलनको क्रममा बन्द खुकुलो र आन्दोलनको प्रभाव फितलो देखिएको एक हप्तापछि वीरगन्ज बजार मंगलबार फेरि बन्द भएको छ। आन्दोलनको प्रभाव घटेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोचाले सोमबार बैठक गरेर आन्दोलनको समीक्षा गर्दै मंगलबारदेखि आन्दोलन सशक्त बनाउने निर्णय गरेको थियो।

आम हड्ताललाई सशक्त बनाउनु एक दिन अगाडि सोमबार साँझ मसाल जुलुस प्रदर्शन गरिएको थियो। मोर्चाका नेता तथा कार्यकर्ताले मंगलबार बिहानैदेखि वीरगन्जको मुख्य मुख्य चोकमा टायर बालेर विरोध प्रदर्शन गर्दै वीरगन्ज बजार पूर्ण रुपले बन्द गराएका छन्। उनीहरुले बिरोध प्रदर्शन गर्नुको साथै बजारमा र्याली गरेर र मोटरसाइकल कुदाएर पटक–पटक नगर परिक्रमा गरी पसल, ब्यपारिक प्रतिष्ठान र यातायात बन्द गराएका थिए।

मोर्चाको विरोध प्रदर्शनका कारण मंगलबार वीरगन्जको मुख्य बजार क्षेत्रका कुनै पनि पसलहरु खुलेका छैनन्। मोर्चाका जनपरिचालन संयोजक प्रदीप यादव नेतृत्वमा रहेका नन्दन यादव, पुरुसोतम झा, नेक महमद, राजुदिन बाबु, मुस्तफ हवारी लगायत नेता तथा कार्यकर्ता बन्द गराउदै हिडेकाहरुको नेतृत्व गरेका थिए । नाकामा धर्ना कायमै छ ।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget