इरानसँग झुक्दै अमेरिकाले माफी माग्यो

एजेन्सी : इरानी नौसेनाका प्रमुख जनरल अली फदावीले अमेरिकी सैनिक सवार डुंगा आफ्नो सीमामा घुसेको अवस्थामा पक्राउ परेपछि अमेरिकाले आफूहरुसँग माफी मागेको पुष्टी गरेका छन् ।

जनरल अली फदावीका अनुसार अमेरिकी डुंगामा सवार सेनाहरु जबरजस्ती इरानी समुद्री क्षेत्रमा पसेपछि पक्राउ गरिएको थियो । उनले जुन डुंगालाई सेनासहित पक्राउ गरिएको थियो, उनीहरुलाई तत्कालै रिहा गरिएको छ ।


यो घटना यस्तो समयमा भयो, जुनबेला अमेरिकार र इरानको परमाणु  सम्झौतालाई अफ्ठेरोमा पार्ने कोशिस गरिरहेको छ ।

अमेरिकी अधिकारीले बताए अनुसार उसका १० नाबिकलाई उनीहरु सवार जहाज बगेर खाडीमा पुगेको समयमा इरानी सेनाले गिरफ्तार गरेका थिए ।

अमेरिकी अधिकारीहरुले कुबेतबाट बहराईन गइरहेका नौसेना सवार दुई डुंगा सम्पर्कबिहीन भएको जनाएका थिए ।

इरानले अमेरिकालाई सूचना दिँदै नाविक सुरक्षित रहेको र आफ्नो यात्रा जारी राख्ने अनुमति दिइने जानकारी दिएका थिए । ती नौसैनिकलाई बुधबारै इरानले छाडेको छ ।

घटना लगत्तै अमेरिकी विदेशमन्त्री जोन केरीले इरानका विदेशमन्त्री जावाद जरिफसँग कुराकानी गरेका थिए । यो घटना खाडीको मध्य फारसी द्वीप नजिकै भएको थियो । त्यो बेला एक जहाजमा प्राविधिक समस्या आएको थियो ।

लगातार तीन वर्षसम्म परमाणु सम्झौतामा वार्ताका क्रममा केरी र जरिफको राम्रो सम्बन्ध बनिसकेको छ ।

जनरल फदावी सञ्चारमाध्यमलाई जानकारी दिँदै वार्ताका क्रममा जरिफले सैनिक आफ्नो समुद्रीक्षेत्रमा आएकोमा केरीसँग कडा आपत्ति जनाएका थिए । उनले आफ्नो जलक्षेत्रमा नौसेना प्रवेश गरेकोमा अमेरिकाले माफी माग्नुपर्ने अडान लिएका थिए ।

इरानको समाचार एजेन्सी एफ़एआरएसका अनुसार इरानका रिभोल्युसनरी गार्डका जवानले नौ पुरुष र एक महिलालाई गिरफ्तार गरेका थिए । उनीहरु इरानी इलाकामा पसेका थिए ।

समाचार एजेन्सी तस्निमका अनुसार अमेरिकी जहाज मेसिन गनलै लैस थियो । उनीहरुलाई रिहा गर्नका लागि अमेरिकाबाट लगातार फोन आएको थियो ।

सन् २००७ मा यसैगरी इरान र इराकको विवादित इलाकामा पसेपछि बेलायतका नाविक र नौसेनिकलाई इरानले १३ दिनसम्म बन्धक बनाए राखेको थियो ।

इरान र अमेरिकाबीच परमाणु सम्झौता भएपनि दुबै देशबीच केही समययता तनाव जारी रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget